हुलास स्टीलले थप्यो अर्को उद्योग, आइरन स्ट्रक्चरदेखि जीआई पोल बनाउने १ अर्ब ५७ करोड लगानी

बिजमाण्डू
२०७८ माघ २ गते १२:५३ | Jan 16, 2022
हुलास स्टीलले थप्यो अर्को उद्योग, आइरन स्ट्रक्चरदेखि जीआई पोल बनाउने १ अर्ब ५७ करोड लगानी

काठमाडौं। जस्तापाता, आल्मुनियम पाइप लगायत उत्पादन गर्दै आएको हुलास स्टीलले अर्को उद्योग खोल्ने भएको छ। कम्पनीले फलामजन्य थप सामाग्री उत्पादन गर्ने गरी अर्को उद्योग थप गरेको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले अर्को उद्योगको नाम हुलास इन्फ्रा प्राइभेट लिमिटेड राखेको छ। यो उद्योगको लगानी उद्योग विभागबाट स्वीकृत भइसकेको कम्पनीले जनाएको छ। कम्पनीले यो उद्योग पर्सा जिल्लाको विन्दावासिनी गाउँपालिका-२ मा स्थापना गर्ने भएको हो । 

आवश्यक पर्ने जग्गा व्यवस्था गरिसकेको कम्पनीले उद्योगको वातावरणीय प्रभाव मूल्यांकन प्रक्रिया पनि अघि बढाइसकेको छ। जस्तापाता र आल्मुनियमका सामाग्रीहरु उत्पादन गरी मनग्य नाफा कमाइरहेको कम्पनीले फलामको थप सामाग्रीहरु उत्पादनमा जोड दिएको हो।

हुलास इन्फ्रा प्रालिमा कम्पनीले १ अर्ब ५७ करोड ४० लाख लगानी गर्नेछ। जसमा कम्पनीले स्थिर लगानीको  रुपमा १ अर्ब ७ करोड खर्चिने तयारी गरेको छ। यस्तै कच्चा पदार्थ प्रावधिक खर्च कामदार खर्च लगायका लागि ५० करोड ४० लाख खर्चिने तयारी गरेको छ। 

यो उद्योगले स्वदेशी तथा विदेशी १ सय २३ जना दक्ष,अर्धदक्ष र अदक्ष जनशक्तिलाई रोजगारी प्रदान गर्नेछ। कम्पनीमा शतप्रतिशत स्वदेशी लगानी रहेको बताइएको छ। यो उद्योगका लागि २५ सय केभीएको प्रसारणलाइन आवश्यक पर्ने बताइएको छ। कम्पनीले उद्योगमा उच्च गुणस्तरको मेसिन प्रयोग गर्ने जनाएको छ। 

यस्ता छन् इन्फ्राबाट उत्पादन हुने सामाग्री

हुलास इन्फ्रा प्रालिले विशेषगरी फलामजन्य उत्पादनलाई जोड दिएको छ। यो उद्योगले एमएस स्ट्रक्चर वार्षिक ८१ सय टन उत्पादन गर्नेछ। यो छिटो तयार गर्नुपर्ने फार्म हाउस, घर भवन बनाउन प्रयोग गरिन्छ। पछिल्लो समय यो स्ट्रक्चरको माग बढ्दै जादा कम्पनी उत्पादनमा जोड दिएको हो। यसैगरी जीआइ स्ट्रक्चर वार्षिक ४५ सय टन उत्पादन गर्नेछ।

यो घर तथा भवनको सिसामा प्रयोग गर्ने गरिन्छ। यसैगरी अर्डरका गाल्भेन्जीङ वार्षिक १० हजार टन उत्पादन गर्नेछ। यसैगरी अर्डर एचआर गाल्भेन्जिङ ५० हजार १ सय टन उत्पादन गर्नेछ।

माग अनुसारकै गाल्भेन्जिङ पाइप ९९ सय टन उत्पादन गर्नेछ। यस्तै विभिन्न साइजका जीआइ पोल तीन हजार मेट्रिक टन उत्पादन गर्नेछ। यो विशेषगरी सडक भवन सार्वजनिक स्थालमा सोलार प्लान्ट राख्न, बिजुली बत्ति राख्नका लागि प्रयोग गरिन्छ। 

यसैगरी सडक सुरक्षाको लागि प्रयोग गरीने पोल समेत यो उद्योगले उत्पादन गर्नेछ। कम्पनीले सडक निर्माण गर्ने ठेकेदार र सरकालाई बिक्री गर्ने उद्देश्यका साथ यो सामाग्री उत्पादन गर्ने तयारी गरेको छ। यो वार्षिक ६ हजार टन उत्पादन हुनेछ। 

यसैगरी सीजेठ पुर्लिन २ हजार मेट्रिक टन उत्पादन गर्नेछ। यो विशेषगरी विभिन्न किसिमका हाइड्रोपावर मेसिनरी सामाग्री राख्नका लागि प्रयोग गरिन्छ ।