फोर्सफुल मर्जर: ४१ लघुवित्तमा बैंक वित्तीय संस्थाको ‘क्रसहोल्डिङ’, यी हुन् संभावित मर्जर

बिजमाण्डू
२०७८ पुष २० गते ११:३७ | Jan 4, 2022
फोर्सफुल मर्जर: ४१ लघुवित्तमा बैंक वित्तीय संस्थाको ‘क्रसहोल्डिङ’, यी हुन् संभावित मर्जर

काठमाडौं। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत घोषणा गरेको लघुवित्तको 'फोर्सफुल' मर्जरलाई सोमबार निर्देशनमार्फत अगाडि बढाए पनि केही अन्योल देखिएको छ। राष्ट्र बैंकभित्रै र बाहिर पनि निर्देशन स्पष्ट नआएकाले 'फोर्सफुल' मर्जर नहुने निष्कर्ष निकालिएको छ।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकको एक तप्का क्रस होल्डिङ (जति प्रतिशत सेयर भए पनि) भएका सबै संस्थालाई गाभ्ने रणनीतिमा थियो। तर, निर्देशन भने त्योभन्दा फरक १० प्रतिशतमाथि भएकालाई मर्जरमा लैजाने भनेर आएको छ। त्यसमा पनि ५१ प्रतिशतको अर्को व्यवस्थाले थप अन्योल बढाएको बुझाइ लघुवित्तकर्मी र राष्ट्र बैंकको अर्को तप्काको छ।

निर्देशन अनुसार, बैंक तथा वित्तीय संस्थाहरुको लघुवित्तमा सेयर लगानी छ। मानौं कुनै 'क' भन्ने बैंकको सेयर लगानी तीन वटा लघुवित्तमा १०/१० प्रतिशतभन्दा माथि रहेछ भने मर्जरमा लैजानु पर्छ। 

१० प्रतिशत एउटा संस्थामा 'क' भन्ने बैंकको मात्र थियो। अब 'क' भन्ने बैंक र अर्को कुनै (ख, ग नाम गरेका) मिलेर ५१ प्रतिशत सेयर 'होल्ड' गरिरहेका संस्‍था छन् भने त्यो पनि मर्जर गरिदेउ भनेर राष्ट्र बैंकले भनेको छ।

यसले गर्दा क्रस होल्डिङ भएका संस्थाहरु मर्जर गरेर संख्या घटाउने राष्ट्र बैंकको जुन प्रारम्भिक नीति थियो, त्यो पुरा नहुने त्यहीँकै अधिकारीहरु बताउँछन्। उनीहरुले प्रतिशत नतोकी क्रस होल्डिङ भएजतिलाई मर्जरमा लैजान खोजेका थिए। मौद्रिक नीतिको आशय अनुसार नीति तयार पार्ने कर्मचारीहरु अहिले लघुवित्त सुपरिवेक्षण विभागबाट बाहिरिसकेका छन्। त्यही भएर बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभागले 'मर्म' बिर्सिएर निर्देशन जारी गर्दा उद्देश्य पुरा हुने अवस्था नरहेको एकथरीको बुझाइ छ।

नियमन विभाग आफैंले भने अहिलेको निर्देशनबाट 'द्विविधा' मा पर्नुपर्ने कुनै कारण नरहेको जनाएको छ। 'यहाँभन्दा प्रष्ट के हुन्छ?' त्यहाँका एक अधिकारीले प्रश्न गरे, '१० र ५१ प्रतिशतको प्रष्ट व्याख्या छ।'

कस्तो छ क्रस होल्डिङको अवस्था?

अहिले ४१ वटा लघुवित्त संस्थाहरुमा बैंक तथा वित्तीय संस्थाहरुको सेयर लगानी छ। संस्था हेरीकन बढीमा ७० प्रतिशतसम्म सेयर लगानी बैंक तथा वित्तीय संस्थाहरुले गरेका छन्।

३३ वटा लघुवित्त कम्पनीमा बैंक तथा वित्तीय संस्थाहरुको १२ प्रतिशतभन्दा बढी लगानी छ। यसैगरी दुईभन्दा बढी संस्था मिल्दा ६ वटा संस्थामा उनीहरुको लगानी ५१ प्रतिशत पुग्न आउँछ। अहिले सञ्चालनमा ७० वटा लघुवित्त संस्थाहरु छन्। जसमध्ये ४१ वटामा मात्र बैंक तथा वित्तीय संस्थाहरुको लगानी छ।

लघुवित्त कम्पनी वित्तीय संस्थाको हिस्सा % मा लघुवित्त कम्पनी वित्तीय संस्थाको हिस्सा % मा
लक्ष्मी लघुवित्त 70.00 विजय 21.43
मेरो माइक्रो 69.40 साधना 18.36
आरएमडीसी 62.54 आरम्भ चौतारी 16.87
ग्लोबल आइएमइ लघुवित्त 61.31 जल्पा 16.56
एनआइसी एसिया लघुवित्त 58.12 ग्रामिण विकास बैंक 15.42
स्वाभलम्बन 51.72 धवलागिरी 15.00
नेशनल 51.26 नयाँ सारथी 14.72
सिभिल लघुवित्त 51.00 स्वाभिमान 14.55
एनएमबि लघुवित्त 51.00 उपकार 14.29
राष्ट्र उत्थान 48.57 सृजनशील 14.29
आदर्श 35.71 नेरुडे 13.34
डिप्रोक्स 35.29 आरएसडीसी 12.00
नाडेप 35.00 किसान 7.51
युनिक नेपाल 34.29 खप्तड 5.60
अभियान 32.79 माहुली 5.15
फर्स्ट 30.85 नेस्डो 4.90
फर्वार्ड 26.04 वोमी 4.23
छिमेक 25.70 समता घरेलु 3.98
निर्धन उत्थान 24.63 सम्मिट 3.37
महिला 23.33 जीवन विकास 2.14
गणपति 21.74    

अब राष्ट्र बैंकले दिएको निर्देशन अनुसार मिल्ने संस्थाहरुले आगामी असार मसान्तसम्म कहिलेसम्म मर्जरमा अगाडि बढ्ने हो? को को अगाडि बढ्ने हो भनेर कार्ययोजना बुझाउनु पर्ने हुन्छ। 

सेयर होल्ड गर्ने कम्पनी सेयर भएका कम्पनी सेयर % मा  कुल सेयर % मा
नेपाल राष्ट्र बैंक ग्रामिण विकास बैंक 2.8 35.53
नेपाल बैंक आरएमडीसी 7.19
स्वाबलम्बन 12.02
डिप्रोक्स 9.42
ग्रामिण विकास बैंक 6.9
कृषि विकास बैंक डिप्रोक्स 7.03 7.04
ग्रामिण विकास बैंक 0.011
नबिल बैंक आरएमडीसी 9.75 75.99
स्वाबलम्बन 12.02
नेशनल 0.86
डिप्रोक्स 9.42
नाडेप २५
छिमेक 8.73
निर्धन 9.39
ग्रामिण विकास बैंक 0.82
इन्भेष्टमेन्ट बैंक आरएमडीसी 6.5 38.32
स्वाबलम्बन 12.02
नेशनल 19
ग्रामिण विकास बैंक 0.74
स्ट्यान्डर्ड चार्टर्ड आरएमडीसी 10.04 10.05
ग्रामिण विकास बैंक 0.006
हिमालयन बैंक आरएमडीसी 9.23 39.06
स्वाबलम्बन 12.02
छिमेक 8.73
निर्धन 7.61
ग्रामिण विकास बैंक 1.47
नेपाल एसबिआइ आरएमडीसी 3.63 5.05
ग्रामिण विकास बैंक 1.42
नेपाल बंगादेश बैंक आरएमडीसी 0.87 2.35
ग्रामिण विकास बैंक 1.48
एभरेष्ट बैंक आरएमडीसी 3.17 35.78
फर्वार्ड 25
निर्धन 7.61
कुमारी बैंक मेरो माइक्रो फाइनान्स 7 42.28
नेशनल 15.25
अभियान लघुवित्त 16.39
फर्स्ट माइक्रोफाइनान्स 3.64
लक्ष्मी बैंक लक्ष्मी लघुवित्त 70 73.64
स्वाबलम्बन 3.64
सिटिजन्स बैंक मेरो माइक्रो फाइनान्स 6.9 10.62
आरम्भ चौतारी 1.43
माहुली 2.29
प्राइम बैंक मेरो माइक्रो फाइनान्स 7 44.25
नेशनल 3.02
जल्पा सामुदायिक 6.1
स्वाभिमान 14.55
नेरुडे 11.32
किसान लघुवित्त 2.25
सेञ्चुरी बैंक आरम्भ चौतारी 2.44 7.7
किसान लघुवित्त 5.26
माछापुच्छ्रे बैंक महिला लघुवित्त 23.33 23.33
एनआइसी एसिया बैंक मेरो माइक्रो फाइनान्स 7 92.12
आरएमडीसी 4.85
एनआइसी एसिया लघुवित्त 57.75
श्रृजनशील लघुवित्त 14.29
माहुली 2.86
ओमी 2.14
ग्लोबल आइएमइ बैंक मेरो माइक्रो फाइनान्स 14  
ग्लोबल आइएमइ लघुवित्त 57.48 84.85
फर्स्ट माइक्रोफाइनान्स 10.93  
आरम्भ चौतारी 2.44  
एनएमबि बैंक मेरो माइक्रो फाइनान्स 7 58.37
एनआइसी एसिया लघुवित्त 0.37
एनएमबि लघुवित्त 51
प्रभु बैंक मेरो माइक्रो फाइनान्स 7 86.41
राष्ट्र उत्थान 17.14
युनिक नेपाल 17.14
फर्स्ट माइक्रोफाइनान्स 10.93
धवलागिरी लघुवित्त 15
उपकार लघुवित्त 14.29
नेस्डो समृद्ध 4.9
सिद्धार्थ बैंक मेरो माइक्रो फाइनान्स 6.5 10.48
आरएमडीसी 2.69
नेशनल 1.29
बैंक अफ काठमाण्डू आरएमडीसी 1.66 21.91
छिमेक 8.24
ग्रामिण विकास बैंक 0.011
आरएसडीसी 12
सिभिल बैंक नेशनल 0.86 51.86
सिभिल लघुवित्त 51
एनसीसी बैंक आरएमडीसी 1.36 51.86
युनिक नेपाल 17.14
साधना 9.18
ग्रामिण विकास बैंक 0.002
नयाँ सारथी 14.72
राष्ट्रिय बाणिज्य बैंक आरएमडीसी 1.6 40.03
नेशनल 1.96
राष्ट्र उत्थान 31.43
फर्स्ट माइक्रोफाइनान्स 1.71
फर्वार्ड 1.04
ग्रामिण विकास बैंक 2.29
मेगा बैंक ग्लोबल आइएमइ लघुवित्त 3.83 22.13
नेशनल 1.91
अभियान लघुवित्त 16.39
लुम्बिनी विकास बैंक मेरो माइक्रो फाइनान्स 7 30.29
डिप्रोक्स 9.42
नाडेप 10
समता घरेलु 3.87
कामना सेवा विकास बैंक आरम्भ चौतारी 3.66 3.66
साइन रेसुङ्गा विकास बैंक आरम्भ चौतारी 2.03 7.63
खप्तड 5.6
साङ्ग्रिला डेभलपमेन्ट बैंक साधना 9.18 9.18
एक्सल डेभलपमेन्ट बैंक आदर्श लघुवित्त 35.71 35.98
ग्रामिण विकास बैंक 0.27
गरिमा विकास बैंक ओमी 0.99 4.47
समता घरेलु 0.11
सम्मिट लघुवित्त 3.37
गुर्खाज फाइनान्स नेशनल 4 9.23
जल्पा सामुदायिक 5.23
गुहेश्वरी मर्चेन्ट फाइनान्स गणपति 21.74 26.97
जल्पा सामुदायिक 5.23
सेन्ट्रल फाइनान्स आरम्भ चौतारी 4.87 4.87
श्रीइन्भेष्टमेन्ट नेशनल 1.14 1.14
बेष्ट फाइनान्स नेशनल 1.91 1.91
समृद्धि फाइनान्स निर्धन 0.02 0.02
रिलायन्स फाइनान्स नेरुडे 0.22 0.22
श्रृजना फाइनान्स नेरुडे 1.8 1.8
आइएफआइसी फाइनान्स फर्स्ट माइक्रोफाइनान्स 3.64 3.64
गुडविल फाइनान्स विजय लघुवित्त 21.43 21.43