नबिल बैंक र खल्तीबीच सहकार्य, नबिलको मोबाइल बैंकिङबाट खल्तीमा पैसा लोड गर्न मिल्ने

बिजमाण्डू
२०७८ पुष १२ गते १०:४६ | Dec 27, 2021
नबिल बैंक र खल्तीबीच सहकार्य, नबिलको मोबाइल बैंकिङबाट खल्तीमा पैसा लोड गर्न मिल्ने

काठमाडौं। अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती एप र नबिल बैंकबीच ग्राहक सेवा लक्षित स्मार्ट बैंकिङ एप सुरु भएको छ। यो सम्झौतामार्फत ग्राहकले स्मार्टबैंक (मोबाइल बैंकिङ एप) मार्फत् खल्तीमा पैसा लोड गर्न सक्ने जनाइएको छ।

Tata
GBIME

यो सहकार्यले बैंक तथा वालेटको ग्राहकमा सरल र सहज भुक्तानीको सेवा दिएर डिजिटल नेपालका लागि अर्को एउटा कोसे ढुंगा साबित हुने खल्तीका सीइओ विनय खड्काले बताए।

नबिलका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बैंकका ग्राहकहरुलाई डिजिटल भुक्तानी सेवाका लागि खल्तीसँग सहकार्य गर्न पाउनु खुशीको विषय भएको बताए।

‘खल्ती’, नेपाली फिनटेक उद्योगमा फरक र नवीन पहिचान बोकेको ब्रान्ड हो। खल्तीसँग २० लाखभन्दा बढी प्रत्यक्ष प्रयोगकर्ता आबद्ध छन्। खल्ती डिजिटल वालेटमार्फत मोबाइल र टिभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी ६० हजारभन्दा बढी सेवा लिन सकिने कम्पनीले जनाएको छ।

नबिलले मुलुकभर एक सय ३५ वटा शाखा कार्यलय, एक सय ८७ एटीएम र १५ सयभन्दा बढी रेमिट एजेन्ट सञ्चालन गर्दै आएको छ। नबिलले विभिन्न मुलुकमा रहेका एजेन्टको बृहत सञ्जालमार्फत निरन्तर गुणस्तरीय सेवा प्रवाह गरेको छ।