अमेरिकी डलरको भाउ सातामै एक रुपैयाँ घट्यो, नेपाली रुपैयाँ बलियो बन्दै, १२० रुपैयाँ ६८ पैसा कायम

बिजमाण्डू
२०७८ पुष ९ गते ०९:२६ | Dec 24, 2021

काठमाडौं। अमेरिकी डलर एक सतायता कमजोर देखिन थालेको छ। १२२ रुपैयाँ २८ पैसासम्म पुगेको डलरको भाउ शुक्रबार १२० रुपैयाँ ६८ पैसामा झरेको छ।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकका अनुसार, डेढ वर्षयताको उच्चतम बिन्दु पुगेर डलर ओर्लिन थालेको हो।

डलरको भाउ एक सातामा एक रुपैयाँ ९ पैसा घटिसकेको छ। बिहीबारकै तुलनामा पनि ५१ पैसाले डलरको भाउ घटेको छ।

भारु बलियो भएका कारण डलरको मूल्य कमजोर भएको हो। भारु र नेपाली रुपैयाँबीच स्थिर विनिमय दर भएका कारण भारु बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो हुन्छ।