२४०० को लाइनमा झर्‍यो सेयर बजार, करिब एक वर्ष अघिकै बिन्दुमा फर्कियो सूचक

बिजमाण्डू
२०७८ मंसिर २० गते ११:३८ | Dec 6, 2021
२४०० को लाइनमा झर्‍यो सेयर बजार, करिब एक वर्ष अघिकै बिन्दुमा फर्कियो सूचक

काठमाडौं। सेयर बजारको ओरालो यात्रा नरोकिएपछि नेप्से सूचक करिब एक वर्ष अघिको बिन्दुमा झरेको छ। सोमबार सुरुवाती आधा घण्टा पनि नबित्दै ३३ अंकले घटेपछि नेप्से सूचक २४८० बिन्दुमा आएको छ।

Tata
GBIME

गत वर्ष माघ पहिलो हप्ता पहिलो पटक २४०० बिन्दुमा टेकेको नेप्से सूचक गत भदौमा ३२०० बिन्दुसम्म पुगेको थियो। तीन महिनापछि अहिले ७०० अंक भन्दा धेरै घटेर २४०० को लाइनमा आएको हो।

पछिल्लो ११ महिनाको अवधिमा बजार जहाँबाट सुरु भएको थियो त्यही बिन्दुमा आइपुगेको हो।

अहिले बैकिङ क्षेत्रमा तरलता अभाव चुलिएपछि सेयर बजारको मनोविज्ञान कमजोर भएको छ। राष्ट्र बैंकले ब्याजदर बढाउन नदिन गृहकार्य गरेपनि सेयर बजारले भने राहतको सास फेर्न सकेको छैन।