ललितपुरको मंगलबजारमा खाना पकाउने ग्यास विस्फोट हुँदा चार जनाको मृत्यु, घर पूर्ण रुपमा क्षति

बिजमाण्डू
२०७८ कात्तिक १९ गते २१:०६ | Nov 5, 2021
ललितपुरको मंगलबजारमा खाना पकाउने ग्यास विस्फोट हुँदा चार जनाको मृत्यु, घर पूर्ण रुपमा क्षति

काठमाडौं। ललितपुरको मगंलबजारमा खाने पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ। त्यस्तै दुई जना घाइते भएका छन्। इन्द्रमणि ताम्राकारको घरमा ग्यास विस्फोट भएको हो।

Tata
GBIME

घर पूर्णरुपमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ। साँझ ६ बजेर ४७ मिनेटमा प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो।

घाइतेहरुलाई उपचारको लागि पाटन अस्पताल लगिएको छ।

'चार जनाको शव घरबाट निकालिएको छ। घरभित्र अरु कति जना थिए भन्ने यकिन भइसकेको छैन,'  महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी किरण बज्रचार्यले भनिन्।