राष्ट्रिय वाणिज्य बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, ८३६ जनालाई रोजगारी, २१ दिने आवेदन म्याद

बिजमाण्डू
२०७८ कात्तिक १४ गते १०:२४ | Oct 31, 2021
राष्ट्रिय वाणिज्य बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, ८३६ जनालाई रोजगारी, २१ दिने आवेदन म्याद

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ। बैंकले देशैभरीका आफ्ना कार्यालयहरुका लागि विभिन्न पदमा ८ सय ३६ जना कर्मचारीहरु माग गरेको हो। 

Tata
GBIME
Nepal Life

बैंकले आइतबार सूचना प्रकाशित गर्दै केन्द्रदेखि प्रादेशिक कार्यालयमा कर्मचारी माग गरेको छ। केन्द्रिय कार्यालयमा ९ जना वरिष्ठ प्रबन्धक, ८ जना प्रबन्धक र १४ जना उपप्रबन्धक (लेखा)सहित माग गरेको छ।

बैंकले सबैभन्दा धेरै प्रदेश१ का कार्यालयका लागि ९० जना सहायक पदका कर्मचारी माग गरेको छ। यसै कार्यालयअन्तर्गत वरिष्ठ सहायक प्रशासनतर्फ ३९ जना कर्मचारी माग गरेको छ।

 कर्मचारी छनोट प्रक्रियामा भाग लिनका लागि कात्तिक १५ देखि २१ दिन अर्थात मंसिर ५ गतेभित्र आवेदन दिनु पर्नेछ। यस्तै दोब्बर दस्तुर तिर्नेगरी मंसिर १२ गतेसम्म आवेदन प्रक्रियामा सहभागी हुन सकिने छ। 

आवेदनमा भाग लिनका लागि लोक सेवा आयोगले तोकेको योग्यता पुरा भएको हुनुपर्नेछ। सबै पदमा आयोगले परीक्षा सञ्चालन गर्नेछ।