प्रकाशराज शर्माको नेतृत्वमा लघुवित्त बैंकर्स संघको नयाँ कार्यसमिति चयन, सबै निर्विरोध चयन

बिजमाण्डू
२०७८ कात्तिक ७ गते १७:२५ | Oct 24, 2021
प्रकाशराज शर्माको नेतृत्वमा लघुवित्त बैंकर्स संघको नयाँ कार्यसमिति चयन, सबै निर्विरोध चयन

काठमाडौं। नेपाल लघुवित्त बैकर्स संघको अध्यक्षमा प्रकाशराज शर्मा चयन भएका छन्। लक्ष्मी लघुवित्तमा आवद्ध शर्मालाई संघको पन्ध्रौं साधारण सभाले निर्विरोध निर्वाचित गरेको हो।

Tata
GBIME
Nepal Life

उपाध्यक्षमा धौलागिरी लघुवित्तका मीनबहादुर बोहोरा, महासचिवमा नेशनल माइक्रो फाइनान्सका रामबहादुर यादव, कोषाध्यक्षमा उन्नति सहकार्य लघुवित्तका प्रेमबहादुर पाठक र सचिवमा सबैको लघुवित्तका केशव कुमार पौडेल चयन भएका छन्।

त्यसैगरि सदस्यहरुमा जनउत्थान लघुवित्तका श्रीराम पोखरेल, माहुली लघुवित्तका गंगाधर पाण्डे, इन्फिनिटी लघुवित्तका प्रविणकुमार लामा, आशा लघुवित्तका बद्रीप्रसाद दुलाल, सिभिल लघुवित्तका विनोद आचार्य र जालपा सामुदायिक लघुवित्तकी बिमला योगी चयन भएकी छन्।

कार्यक्रममा डेपुटी गभर्नर बमबहादुर मिश्रले लघुवित्त संस्थाहरुको २०७८ असार मसान्तको कुल पूँजी कोष ३९ अर्ब रुपैयाँ रहेको बताउँदै सदस्यहरुको निक्षेप एक खर्ब ३० अर्ब रुपैयाँ पुगेको बताए। उनका अनुसार अन्य संस्थाहरुबाट सापटी दुई खर्ब ७ अर्ब रुपैयाँका साथै लगानीमा रहिरहेको कर्जा तीन खर्ब ६६ अर्ब रुपैयाँ रहेको बताए।