गुण एयरलाइन्स उडान विस्तार गर्दै, शुक्रबारबाट विराटनगर र सिमरामा उडान थाल्ने

बिजमाण्डू
२०७८ असोज २५ गते ११:४७ | Oct 11, 2021
गुण एयरलाइन्स उडान विस्तार गर्दै,  शुक्रबारबाट विराटनगर र सिमरामा उडान थाल्ने

काठमाडौं। निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले शुक्रबारबाट विराटनगर र सिमरा तर्फ नियमित उडान गर्ने भएको छ। कम्पनीले असोज एक गतेबाट नियमित उडान सुरु गरेको थियो।

Tata
GBIME

कम्पनीका बजार प्रमुख एवं प्रवक्ता प्रज्वल थापाले विस्तारै उडान थप गर्दै जाने रणनीति अनुसार विराटनगर र सिमरा सुरु गर्न लागिएको जानकारी दिए। कम्पनीको पाँचवटा जेटस्ट्रिम र दुईवटा विचक्राफ्ट मध्ये अहिले दुईवटा जेटस्ट्रिम र एउटा विचक्राफ्ट संचालनमा छ।

केही दिनमै एउटा जेटस्ट्रिम पनि संचालनमा ल्याउने योजना रहेको उनले जानकारी दिए।

'हामी शुक्रबारसम्म चारवटा जेटस्ट्रिम र दुईवटा विचक्राफ्ट संचालनमा ल्याउनेछौँ। दुई दिनभित्र विराटनगर र सिमरा तर्फ नियमित उडान सुरु गर्ने योजना बनाएका छौँ,' उनले भने। भरतपुर, पोखरा, तुम्लिङटार, जनकपुर, नेपालगंज, भैरहवासँगै कम्पनीको उडान गन्तब्य छ वटा पुगेको छ।