महिला लघुवित्तले ५० प्रतिशत लाभांश दिने, ४५ प्रतिशत बोनस सेयर, पुँजी साढे ४ करोडले बढ्ने

बिजमाण्डू
२०७८ असोज २४ गते १०:२६ | Oct 10, 2021

काठमाडौं। महिला लघुवित्त वित्तीय संस्थाले ५० प्रतिशत लाभांश दिने भएको छ। गत आर्थिक वर्ष सर्वसाधारणलाई सेयर जारी गरेको कम्पनीले ४५ प्रतिशत बोनस सेयर दिने छ। 

Tata
GBIME

कम्पनीले ५ प्रतिशत नगद लाभांश दिने छ। राष्ट्र बैंकले लघुवित्तहरुले २० प्रतिशतभन्दा बढि लाभांश दिन सर्तहरु राखेको छ। 

२० प्रतिशत माथि दिनु परे जति रकम बढी दिइन्छ त्यति नै जगेडा कोषमा राख्नु पर्छ। त्यो नीति पालना गर्ने गरी महिलाले लाभांश घोषणा गरेको हो।

कम्पनीले ५० लाख रुपैयाँ नगद लाभांश दिने छ। बोनस सेयरबाट कम्पनीको चुक्ता पुँजी ४ करोड ५० लाख रुपैयाँले बढ्ने छ।