बुधबारबाट काठमाडौं-तुम्लिङटार उडान गर्दै गुण एयरलाइन्स, दैनिक दुईवटा उडान गर्ने योजना

बिजमाण्डू
२०७८ असोज ११ गते २०:५२ | Sep 27, 2021
बुधबारबाट काठमाडौं-तुम्लिङटार उडान गर्दै गुण एयरलाइन्स, दैनिक दुईवटा उडान गर्ने योजना

काठमाडौं। गुण एयरलाइन्सले बुधबारबाट काठमाडौं-तुम्लिङटार उडान गर्ने भएको छ। यात्रुको अत्याधिक माग आएसँगै कम्पनीले पहिलोपटक यो गन्तब्यमा नियमित उडान सुरु गर्न लागेको कम्पनीका प्रवक्ता प्रज्वल थापाले बताए।

Tata
GBIME

बुधबारबाट विचक्राफ्ट जहाजमार्फत दैनिक एउटा उडान गर्ने योजना बनाएको कम्पनीले जेटस्ट्रीमको उडान स्वीकृति पाए लगतै दैनिक दुईवटा उडान गर्ने उनले जानकारी दिए।

'अहिले हामीले विचक्राफ्ट जहाजमार्फत दैनिक एउटा उडान गर्ने योजना बनाएका छौँ। यो गन्तब्यमा यात्रुको माग अत्याधिक रहेको छ। दसैैका लागि त टिकट पाउनै मुस्किल रहेको पाइएको छ,' उनले भने,'यात्रु सेवालाई मध्यनजर गर्दै यो गन्तब्यमा उडान सुरु गर्न लागेका हौँ।'

यो गन्तब्यका लागि कम्पनीले सोमबार ६:०० बजेदेखि नै बुकिङ खुला गरेको उनले जानकारी दिए। कम्पनीले पाँच हजार नौ सय ५० रुपैयाँ भाडादर निर्धारण गरेको छ।