वीरगंज महानगरपालिकामा २७ दिनमा १७ करोड राजस्व संकलन, लक्ष्यभन्दा बढी राजस्व उठ्यो

बिजमाण्डू
२०७८ असार २९ गते १४:४१ | Jul 13, 2021

Tata
GBIME

वीरगंज। वीरगंज महानगरले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेर मनोबल उच्च बनाएको छ । यसअघि कोरोना महमारीको दोस्रो लहरको कारण वीरगंज महानगरको राजस्व संकलन प्रभावित भएको थियो । तर असार मसान्तमा आइपुग्दा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको हो।

जेठ मसान्तसम्म निषेधाज्ञाको कारण करिब डेढ महिना राजस्व संकलन कार्य प्रभावित हुँदा  चालू आवको लागि आन्तरिक स्रोतबाट संकलन गर्नुपर्ने राजस्वको लक्ष्य पूरा नहुने अनुमान थियो ।

तर असारमा निषेधाज्ञा खुकुलो भएसँगै कर बुझाउने भीडभाड बढेको थियो । वीरगंज महानगरले असारको २७ गतेसम्म मात्र करिब १७ करोड राजस्व संकलन गरेर वार्षिक लक्ष्य पनि भेटेको छ । यसबाट चालू आवमा लक्ष्यभन्दा १० करोडभन्दा बढी राजस्व संकलन गर्न सकिने विश्वास बढेको छ ।

चालू आवको गत साउनदेखि असार मसान्तसम्म ५० करोड ७५ लाख आन्तरिक स्रोतबाट राजस्व संकलन गर्नुपर्ने लक्ष्य पाएकोमा चालू आवको असार २७ गते सम्म ५८ करोड ९६ लाख ७ हजार राजस्व संकलन गरेको छ ।

जबकी चालू आवको गत जेठ मसान्त सम्म ४१ करोड ३८ लाख ९५ हजार मात्र राजस्व संकलन भएको थियो ।

असारमा मात्रै करिब साढे ८ करोड राजस्व संकलन हुन्छ की हुँदैन भन्ने तनावमा कर्मचारीहरु थियो । तर अहिले  राजस्व संकलनमा वृद्धि हुनु सकारात्मक कुरा भएको राजस्व महाशाखा प्रमुख विकास मिश्रा बताउँछन् ।

उनका अनुसार असार मसान्त समाप्त हुन चार दिन बाँकी रहँदा करिब लक्ष्यभन्दा ८ करोडभन्दा बढीको राजस्व संकलन भइरहेको चार दिनको संकलन भयो भने लक्ष्यभन्दा कम्तिमा १०/१२ करोड सम्म राजस्व बढी उठने लक्ष्य छ ।

चालू आवमा असार २७ सम्म घर जग्गा रजिष्ट्रेशन दस्तुर २० कराड ९९ लाख २३ हजार,सम्पति कर १४ करोड ३ लाख ७१ हजार,घरबहालकर ६ करोड ११ लाख १६ हजार,पूर्बाधार सेवा उपभोगमा लाग्ने कर ३ करकोड १३ लाख २४ हजार, व्यवसाय रजिष्ट्रेशन कर १ करोड ५७ लाख ४० हजार, अखेटोपहारमा लाग्ने कर १ करोडे ४८ लाख ३ हजार, अन्य स्रोतबाट बाडफा नहुने रोयलटी १ करोड १ लाख ५० हजार,अन्य सेवा शुल्कतर्फ २ करोड ३४ लाख ४८ हजार, सिफारिस दस्तुरतर्फ १ करोड ७ लाख ९४ हजार, नक्सापास दस्तुर तर्फ ३ करकोड ८० लाख १ हजार गरी कुल ५८ करोड ९६ लाख ७ हजार राजस्व संकलन भएको उनले बताए ।

महानगरले अन्य शिर्षक गरी करिब २५ प्रकारको कर असुलउपर गर्ने गरेको छ । अन्य शिर्षकमा १ करोडभन्दा कमको राजस्व संकलन भएको छ । महानगरले चालू आवको १२ महिनाको लागि सम्पतिकरमा साढे ११ करोड,घरबहाल करमा ८ करोड, व्यवसाय रजिष्ट्रेशन दस्तुरमा ४ करोड,अखटोपहारमा लाग्ने कर डोढ करोड,सरकारी सम्पती बहालबाट १ करोड ८० लाख,अन्य स्रोतबाट बाँडफाँट नहुने रोयल्टीमा १ करकोड, अन्य सेवा शुल्कमा ८ करोडठ,नक्सापास दस्तुरमा ५ करोड, सिफारिस दस्तुरमा डेढ करोड गरी कुल ५० करोड ७५ लाख राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो ।

कोरोनाले प्रभावित भएको चालू आवको जेठ मसान्त सम्म संकलन भएको कुल राजस्व रु ४१ करोड ३८ लाख ९५ हजारमा घर जग्गा रजिष्ट्रेशन दस्तुर ६ करोड ३६ लाख ४३ हजार, सम्पति कर १३ करोड २२ लाख ९० हजार, घरबहाल कर ५ करोड ५५ हजार, पूर्बाधार सेवा उपभोगमा लाग्ने कर ३ करोड १३ लाख २४ हजार,व्यवसाय रजिस्ट्रेशन दस्तुर तर्फ १ करोड ४२ लाख ३८ हजार, अखेटोपहारमा लाग्ने कर १ करोड ४८ लाख ३ हजार, सरकारी सम्पति बहालबाट १ करकोड ४५ लाख ९६ हजार, अन्य सेवा शुल्कबाट २ करोड १७ लाख ९३ हजार,नक्सापास दस्तुरबाट ३ करोड ५९ लाख २ हजारलगायत कर संकलन भएको तथ्याक छ ।

त्यसैगरी, गत आवको २०७६/०७७ को जेठ मसान्तसम्म वीरगंज महानगरले २४ करोड ७९ लाख ६० हजार मात्र राजस्व संकलन गरेको थियो ।