एडीबीको कन्ट्री डाइरेक्टरमा आर्नो कोश्वा नियुक्त, नेपाललाई कोभिड प्रभाव सम्बोधनमा सघाउने

बिजमाण्डू
२०७८ असार २४ गते १३:२७ | Jul 8, 2021
एडीबीको कन्ट्री डाइरेक्टरमा आर्नो कोश्वा नियुक्त, नेपाललाई कोभिड प्रभाव सम्बोधनमा सघाउने

Tata
GBIME

काठमाडौं। एसियाली विकास बैंक (एडीबी) ले नेपालका लागि नयाँ कन्ट्री डाइरेक्टर नियुक्त गरेको छ। आर्नो कोश्वा एडीबीको नेपाल कन्ट्री डाइरेक्टर नियुक्त भएका हुन्।

कोश्वाले नेपालमा एडीबीको संचालनका साथै नेपाल सरकार र अन्य विकास साझेदारहरुसँग नीति संवादको नेतृत्व गर्नेछन्। उनले नेपालका लागि एडीबीको देशगत साझेदारी रणनीतिको कार्यान्वयनको पर्यवेक्षण गर्नेछन् जो निजी क्षेत्रनिर्देशित वृद्धिका लागि सुदृढ पूर्वाधार, विकसित सेवाहरुमा सुधारिएको पहुँच र वातावरणीय दिगोपना तथा पुनरुत्थान मार्फत् नेपालको दीर्घकालिन विकासको आवश्यकतामा केन्द्रित रहन्छ।  

'एडीबी नेपालको दीर्घकालिन विकास साझेदार हो। यो साझेदारीलाई अझ बलियो  पार्दै नेपाल सरकार, विकास साझेदारहरु र नेपालको विकास एजेन्डा तथा गरिबी निवारणको प्रयत्नहरुमा सघाइरहेका अन्य सरोकारवालाहरुसँग नजिक रहेका काम गर्ने मैले अपेक्षा गरेको छु,' कोश्वा भन्छन् । 

यससँगै, कोभिड-१९ संकटका कारण स्वास्थ्य, अर्थतन्त्र र सामाजिक क्षेत्रमा परेको तत्कालिन तथा दीर्घकालिन प्रभाव सम्बोधनमा नेपाल सरकारलाई सहयोग गर्नु आफ्नो तत्कालको प्राथमिकता भएको उनले बताएका छन्।

करिब तीन दशकको व्यवसायिक अनुभव भएका काउकोइसले एडीबीमा १५ वर्ष काम गरिसकेका छन्। फ्रेन्च नागरिक कोश्वा २००५ मा ग्रामीण विकास विशेषज्ञका रुपमा एडीबीमा आवद्ध भएका थिए।

नेपालको कन्ट्री डाइरेक्टरमा नियुक्त हुनुअघि उनी नेपालका साथै भारत र श्रीलंकाका लागि प्रमुख जलस्रोत विशेषज्ञका रुपमा कार्यरत थिए। साथै, एडीबीको भारत आवासीय मिशनमा उनको दरबन्दी थियो। एडीबीको नेपाल आवासीय मिसनमा पनि ६ वर्षका लागि जिम्मेवारीमा रहेका उनले नेपालमा खानेपानी व्यवस्थापन प्रणाली सुधारको  नेतृत्व गरेका थिए। 

विकासका विविध पक्षमा विभिन्न देशका सरकारहरुसँग नीति संवादमा फराकिलो अनुभव भएका काउकोइसले जलस्रोत व्यवस्थापनमा फ्रान्सको 'सुपेरियर स्कुल अफ ट्रोपिकल एग्रोनोमी इन मोन्टपेलिअर' बाट 'मास्टर अफ साइन्स डिग्री' हासिल गरेका छन्।

सन् १९६६ मा स्थापना भएको एडीबीले नेपाललाई हालसम्ममा ७ अर्ब डलरभन्दा बढीको वित्तीय तथा प्राविधिक सहायता उपलब्ध गराएको एडीबीद्वारा जारी विज्ञप्तिमा छ। एडीबीले उक्त सहायता ऊर्जा, यातायात, खानेपानी आपूर्ति तथा सहरी पूर्वाधार सेवाहरु, कृषि तथा सिंचाई र शिक्षा क्षेत्रका लागि उपलब्ध गराएको हो।