अर्घाखाँची सिमेन्टले ७० लाखमा मैनहियामा बनायो स्वास्थ्य चौकी, स्वास्थ्य सामाग्री पनि दियो

बिजमाण्डू
२०७८ जेठ १२ गते २०:५९ | May 26, 2021
अर्घाखाँची सिमेन्टले ७० लाखमा मैनहियामा बनायो स्वास्थ्य चौकी, स्वास्थ्य सामाग्री पनि दियो

Tata
GBIME
Nepal Life

काठमाडौं। अर्घाखाँची सिमेन्टले मैनहियामा निर्माण गरेको स्वास्थ्य चौकी भवन बुधबार उद्घाटन गरिएको छ। लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठ र अर्घाखाँची सिमेन्टका निर्देशक राजेशकुमार अग्रवालले भवनको संयुक्तरूपमा उद्घाटन गरे।

कम्पनीले स्वास्थ्य सामाग्रीसहितको भवन हस्तान्तरण गरेको हो। यो भवन ७० लाख रुपैयाँमा निर्माण भएको कम्पनीले जनाएको छ। निर्देशक अग्रवालले  मैनहिया स्वास्थ्य चौकीले स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्दै सामाजिक कामलाई निरन्तरता दिने बताए।

मन्त्री श्रेष्ठले जनहितका लागि स्वास्थ्य चौकी व्यवस्थित गरिने बताए।