टेलिकमको भीओएलटीइ सेवा चल्ने यी हुन् कम्प्याटीबल स्मार्टफोन, यस्ता छन् ब्राण्ड तथा मोडलहरु

बिजमाण्डू
२०७८ जेठ ३ गते १२:२५ | May 17, 2021
टेलिकमको भीओएलटीइ सेवा चल्ने यी हुन् कम्प्याटीबल स्मार्टफोन, यस्ता छन् ब्राण्ड तथा मोडलहरु

Tata
GBIME

काठमाडौं। नेपाल टेलिकमले सोमबारबाट परीक्षण सुरु गरेको भीओएलटीइ विभिन्न स्मार्टफोनहरुमा प्रयोग गर्न सकिन्छ। टेलिकमले सामसङ, साओमी र नोकियामा निश्चित मोडल तथा ब्राण्डहरुमा मात्रै भी‌ओएलटीइ सेवा चल्ने जनाएको छ।

टेलिकमले सामसङको ग्यालेक्सी ब्राण्डका एम ०१ एस, एम०२, एम ०२ एस, एम ११, एम १२, एम २१, एम ३० एस, एम ३१, ए १२, ए ५१, ए ५२, ए ७०, ए ७० एस, ए ७१, ए ७२, नोट १० लाइट, एस १०, ए १०+, एम १० इ, एस २०, एस २०+, एस २० अल्ट्रा, एस २० एफइ, एस २१, एस २१+, एस २१ अल्ट्रा, नोट १०, नोट १०+, नोट २०, नोट २० अल्ट्रा, जी फोल्ड टूमा भीओएलटीइ सेवा चल्ने जनाएको छ। 

यस्तै, साओमीको रेडमी नाइन प्राइम, एमआइ १०, रेडमी नाइनसी, रेडमी नोट नाइन प्रो, रेडमी एटएमा भीओएलटीइ प्रयोग गर्न सकिने जनाएको छ। नोकियाको ५.३, ७.२ र ३.४ मोडलमा सेवा प्रयोग गर्न सकिने जनाएको छ। 

टेलिकमले माथि उल्लेखित मोडल तथा ब्राण्डहरुको हकमा भने निकट भविष्यमै भीओएलटीइ सेवा सञ्चालन गर्ने गरी स्मार्टफोन आपूर्तिकर्ताहरुसँग छलफल भइरहेको जनाएको छ। 

टेलिकमका सेवाग्राहीहरुले भीओएलटीइ सपोर्ट गर्ने मोबाइलमा *४४४# डायल गरी सेवा सुचारु गर्न सक्ने टेलिकमले जनाएको छ। सेवा सुरु गर्न चाहने प्रयोगकर्ताले मोबाइलको सेटिङमा गएर भीओएलटीइ कल फर एनटीसी सीम इनेबल गर्नुपर्ने टेलिकमले जनाएको छ।

लगत्तै मोबाइल फोनको नेटवर्क देखिने स्थानमा भीओएलटीइको संकेत देखिने बताइएको छ। उक्त संकेत देखिएपछि *१११# डायल गर्नुपर्ने टेलिकमले जनाएको छ। 

टेलिकमले आफ्नो फोरजी नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सकिने एक सय मिनेट भीओएलटीइ सुविधा एकपटकका लागि नि:शुल्क पाउने जनाएको छ। टेलिकमले  भीओएलटीइ सेवा सुरु गर्ने प्रयोगकर्ताको स्मार्टफोनले आठ सय र १८ सय मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी सपोर्ट गर्नुपर्ने जनाएको छ।