महामारीकालमा मध्यम वर्गले कसरी कमाईभन्दा पैतृक सम्पत्तिबाट बढी लाभ उठाइरहेका छन्?

बिजमाण्डू
२०७८ बैशाख १९ गते १६:५६ | May 2, 2021
महामारीकालमा मध्यम वर्गले कसरी कमाईभन्दा पैतृक सम्पत्तिबाट बढी लाभ उठाइरहेका छन्?


Tata
GBIME
NLIC

विकसित अर्थतन्त्रमा जब सम्पत्तिको मूल्य तलबभन्दा तीब्र गतिमा बृद्धि हुन्छ त्यसले “बिरासतको समाज” निर्माण गर्छ।

विश्वविख्यात समाजवादी अर्थबिद् थोमस पिकेटीले आफ्नो पुस्तक क्यापिटल एण्ड आइडियोलोजीमा लेखेका छन्- ‘२१ औं शताब्दीमा हामीहरु ऐतिहासिक मान्यताहरुभन्दा बिपरित परिदृश्य देखिरहेका छौं। अधिकांश समयमा ठूलो सम्पत्तिको हिस्सा पैतृक सम्पतिका रुपमा मानिसलाई प्राप्त हुन्छ न कि ज्याला वा तलबबाट।’

पिकेटीका अनुसार विश्व महामन्दी र दोस्रो विश्वयुद्ध पछि भने पारिवारिक सम्पत्तिले खासै आर्थिक महत्व पाएको थिएन।  तर अहिले आएर फेरि पैतृक सम्पतिले महत्व पाउन थालेको छ। 

हाल बेलायतमा उसको कुल ग्राहस्थ उत्पादन (जिडिपी)मा हाउजिङमा आधारित सम्पत्तिको अनुपात जापानको सन् १९९१ को मन्दीको अवस्थाभन्दा उच्च देखिन्छ।

बेलायतको इन्स्टिच्यूट फर फिस्कल स्टडिजले गत साता गरेको एक अध्ययनले के देखाएको छ भने सन् १९६० को दशकमा जन्मिएकाहरुको लागि पैतृक सम्पत्तिले त्यस व्यक्तिको जीवनको कमाइमा ९ प्रतिशत मात्र हिस्सा ओगटको देखिन्छ भने सन् १९८० को दशकमा जन्मिएकाहरुसम्म आइपुग्दा यो हिस्सा ७७.७७ प्रतिशतले बढेर १६ प्रतिशतमा पुगेको देखिन्छ। 

अमेरिकामा दोस्रो सहश्राब्दीको दशकमा जन्मिएका मिलेनियल्सहरुले भने सन् २०३० को दशकमा पुग्दा आफ्ना धनाढ्य बाबुआमाबाट पैतृक सम्पत्तिका रुपमा ६८० खर्ब डलरभन्दा बढी पाउने वेल्थ इन्जिन कन्सल्टेन्सीको अध्ययनले देखाएको छ। र यो इतिहासकै सबैभन्दा ठूलो सम्पत्ति हस्तान्तरणका रुपमा हुने  पनि अध्ययनमा उल्लेख छ।

हालको समयमा पारिवारिक सम्पतिमा हुने किचलो नौलो होइन। विश्वको उदाहरण हेर्दा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको पारिवारिक सम्पतिको किचलो, बेलायती राजपरिवारका ह्यारी मेगानको कथा, प्रेस जगतका चर्चित रुपर्ड मुर्डक परिवार होस् वा औषधी उत्पादक स्याकलर परिवार। विश्वका धेरै अर्बपति परिवार पनि यस्तै सम्पत्तिको किचलो वा सम्पत्तिका कारण उत्पन्न विवादमा जेलिएका प्रशस्तै उदाहरण छन्।

यो सबै कथाहरु सन् १९ औं शताब्दीकै झल्को दिने गरीको पुनरावृत्ति हो भन्छन् थोमस पिकेटी। त्यस बेला र हालको समयमा फरक के मात्र हो भने हाल थोरै मात्र धनाढ्यहरु छन् र अधिकांश थोरै सम्पत्ति भएका परिवार छन्। ति थोरै मात्र सम्पत्ति हुनेहरुलाई पिकेटी “पेटिट् रेन्टियर्स” भन्छन्। न्यून आय भएका मध्यम वर्गको ठूलो हिस्साका लागि पनि  पैतृक सम्पत्तिले निकै ठूलो महत्व राख्छ।

वास्तवमा युवाहरुको हकमा अझै बढी यो सत्य सावित हुन जान्छ। धेरैजसो मिलेनियलहरुले के बुझिसकेका छन् भने हालको अवस्थामा स्नातक तहको पढाइले हाइस्कुलको जस्तो मात्र अर्थ राख्न थालेको छ। पचास वर्ष अघि एउटा बैंक म्यानेजर वा शिक्षक वा कानुनविदका लागि ठूलो घर हुनु ग्यारेन्टी जस्तै थियो।

तर आजका मितिमा यही पदमा जागिर खानेहरुका लागि सानो फ्ल्याटकै जीवन पनि लामो संघर्षबाट मात्र प्राप्त हुन्छ। यसका कारण पनि उनीहरुका लागि थोरै नै भएपनि पारिवारिक सम्पत्तिले ठूलो अर्थ राख्छ।

हालको अवस्थामा मानिसको औसत आयू पनि बढिरहेका बेला पैतृक सम्पत्तिहरु पहिलेको यूगमा भन्दा अझ लामो समयसम्म रहिरहने सम्पत्तिका रुपमा देखिएका छन्।

इटालीको कुरा गर्ने हो भने त्यहाँका युवाहरुमा पारिवारिक निर्भरता शून्य छ किनभने त्यहाँ औसतमा ३० वर्षको उमेरमा युवाहरुले घर छोड्छन्। इटालीमा जन्मदर पनि घट्दो क्रममा छ जहाँ प्रति महिला १.३२ बच्चा जन्मिने गर्छन्। त्यो दर कोरोना महामारीको समयमा अझ घट्दो देखिन्छ। यस्तोमा पुरानो पुस्ताको मृत्यु हुँदै जाँदा ठूलो मात्रामा पैतृक सम्पत्ति संरक्षित रुपमा पुस्तौसम्म रहने देखिएको छ।

वर्तमान प्रणालीमा शिक्षा, संस्कृति, उद्योग, ग्राफिक डिजाइन जस्ता धेरै विषयको अध्ययन गर्न थोरै मात्र रकम तिर्दा पुग्ने भएको छ। त्यसैले पनि युवा पुस्ता पैतृक सम्पत्तिलाई क्लास दर्शाउने विरासतका रुपमा हेर्न रुचाउँछन्। उनीहरुका लागि पैतृक सम्पत्ति बेच्नु भनेको आफ्नो बिरासत गुम्नु वा लाजको विषय बन्ने मनोविज्ञान देखिएको फ्रेन्च लेखक लिजा भिग्नोली बताउँछिन्।

कतिपय परिवारहरु पैतृक सम्पत्तिकै किचलोका कारण  धरासायी भएका पनि छन्। धनाढ्यका उत्तराधिकारीहरु लक्ष्यविहीन हुने, कामप्रति रुची नराख्ने र कमाउन बाध्य नदेखिने प्रवृत्ति छ। तर मध्यम उमेरमा पुग्दै गर्दा तिनैका साथी वा समवयीहरुले उनीहरुभन्दा बढी क्षमताबान भएर निस्केको देख्दा उनीहरुमा लघुताभाष देखिन थाल्छ। मध्यम उमेरमा पुग्दा नै धनाढ्य परिवारका काम नगरी समय बिताउने युवाहरु भने बेकम्मा बन्न थाल्छन्।

कतिपय धनाढ्य परिवारका युवाहरुले भने पारिवारिक सम्पत्तिलाई अघि बढाउन पैतृक ब्यापार वा कामलाई निरन्तरता दिन्छन् । पैतृक सम्पत्तिको बहाव र तल्लो पुस्तासम्मको हस्तान्तरण परिवारको उन्नतिसँग  जोडिएको हुन्छ। वर्षौवर्षदेखि चलिआएको सम्पत्तिको हस्तान्तरण र चलायमान भैरहने यो सिद्धान्त महामारी तथा वर्तमान विश्वको परिदृश्यमा अझ बढी महत्वपूर्ण रुपमा देखिएर आउने छ। (कुपर मानवशास्त्रीय दृष्टिकोणबाट लेख्दै आएका बेलायती लेखक हुन्।)