भारतमा अउडी ए-फोर नयाँ संस्करण मंगलबार सार्वजनिक हुँदै, के के छन् यो गाडीका विशेषता?

बिजमाण्डू
२०७७ पुष २० गते १२:०२ | Jan 4, 2021
भारतमा अउडी ए-फोर नयाँ संस्करण मंगलबार सार्वजनिक हुँदै, के के छन् यो गाडीका विशेषता?

Tata
GBIME

भारतमा अउडीको नयाँ संस्करण 'अउडी ए-४' मंगलबार सार्वजनिक हुने भएको छ। सन् २०२१ संस्करणमा उत्पादन गरिएको ए-४  दुई वटा भेरियन्टमा सार्वजनिक गर्न लागेको कम्पनीले जनाएको छ।

अत्याधुनिक प्रविधि र अतिरिक्त सुविधा समावेश गरिएका यी दुवै भेरियन्ट कम्पनीले भारतीय बजारमा सार्वजनिक गर्न लागेको हो।

सन् २००६ मा औरंगाबादमा स्थापना गरिएको प्लान्टबाट अउडीले भारतमै आफ्ना उत्पादन थालिसकेको छ। अउडी ए-४ मा सिंगल फ्रेम ग्रील, नयाँ प्रकारका हेड ल्याम्प्स, री-डिजाइन्ड बम्पर्स, र एलइडी डीआरएल लगायत जडान गरिएको कम्पनीले जनाएको छ। म्याट्रिक्स हेडलाइट भने टप भेरियन्टमा जडान गरिएको छ।

१० इन्चको टच स्क्रिनसहितको इन्फोटेन्मेन्ट सिस्टम समावेश गरिएको गाडीमा भर्चुअल ककपीट, एमवियन्ट लाइटिङ, मल्टीजोन क्लाइमेट कन्ट्रोल लगायतका सुविधा पनि छन्।

२.४ लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिनयुक्त सेडान सिरिजको यो गाडीमा अटोमेटिक गियरबक्ससहितको सात वटा स्पिड क्षमता रहेको छ।
यो गाडीले मर्सिडिज बेन्ज सी क्लास, बीएमडब्लु थ्री सिरिज, ज्यागोर एक्स-इ र आउँदै गरेको भल्भो एस-६० लगायतका गाडीसँग बजारमा प्रतिस्पर्धा गर्नेछ।