दैनिक ५०० जना ल्याउने गरी उद्धार उडान गर्ने मन्त्रिपरिषद्को निर्णय, ७ दिनभित्र पिसीआर परीक्षण

बिजमाण्डू
२०७७ साउन २८ गते ०९:१२ | Aug 12, 2020


काठमाडौं। उद्धार उडानमा दैनिक अधिकतम पाँच सय यात्रुलाई सेवा दिन मन्त्रिपरिषद्ले निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशबाट नेपाल आएका यात्रुलाई काठमाडौंभित्रै क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ।  

Vigo
GBIME
Tata

उद्धार उडानमार्फत आउने यात्रुको सात दिनभित्र पिसीआर परिक्षण गर्नका लागि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइएको छ।     

 सरकारले उद्धार उडानतर्फ कूटनैतिक नियोगको सिफारिसमा तीन सय जना र वैदेशिक रोजगारको सिफारिसमा दुई सय जना गरी दैनिक पाँच सय जना नेपालीलाई सेवा दिने निर्णय गरेको छ। 

मन्त्रिपरिषद्ले काठमाडौं उपत्यकामै क्वारेनटाइनमा राखेर संक्रमणमुक्त भएको निश्चित भएपछि सम्बन्धित जिल्लामा पठाउने निर्णय गरेको छ।

क्वारेन्टाइन व्यवस्थापनका लागि काठमाडौं उपत्यकाका स्थानीय तहको समन्वयमा काठमाडौं, भक्तपुर र ललितपुरका जिल्लाका कोभिड संकट व्यवस्थापन केन्द्रलाई जिम्मा दिइएको छ।