एनएमबीको शेयरमा झुम्मिए लगानीकर्ता, ओम डेभलपमेन्टका शेयरधनीले नाफा बुक गर्दा उच्च कारोबार




काठमाडौं। छ महिनासम्म कारोबार रोकिएको एनएमबी बैंकको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ।

एउटै लगानीकर्ताले अधिकतम १० हजार कित्तासम्म शेयर बिक्री गरेका छन्। एनएमबी र ओम डेभलपमेन्ट बैंक मर्ज हुने संझौता भएपछि दुबै बैंकको कारोबार रोकिएको थियो।

TATA
TVS
Sanima

छ महिनासम्म कारोबार रोकिदा लगानीकर्ताहरु कारोबार कहिले कारोबार खुल्छ भनेर पर्खिरहेका थिए। पैसा खाचो पर्नेले शेयर बिक्री गरेको र लामो समयदेखि बैंकको शेयर खरिद गर्न नपाएकाहरुले खरिद गरेको ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले बताए।

एनएमबी र ओम डेभलपमेन्ट बैंक १००:७६ को अनुपातमा मर्ज भएको थियो। मर्ज हुनुभन्दा अगाडी एनएमबी शेयर मूल्य ३८२ रुपैयाँमा बन्द भएको थियो। त्यस्तै कारोबार रोक्का हुनुभन्दा अगाडि ओमको शेयर मूल्य १९७ रुपैयाँ थियो।

ओमका शेयरधनीहरुलाई एनएमबी बैंकसँग गाभिएपछि बजार मूल्यका आधारमा ३५ प्रतिशत फाइदा भएको छ। ओमका शेयरधनीहरुले राम्रो फाइदा पाएपछि शेयर बिक्री गरेर नाफा बुक गर्न खोजेको देखिन्छ।

एनएमबीले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छैन। मर्जपछि पनि बैंकले राम्रो लाभांश दिन सक्ने प्रक्षेपण गर्नेले शेयर खरिद गरिरहेका छन्।

ओमकाले नाफा बुक गर्न खोज्दा र लाभांस पाइने आशामा शेयर खरिद गर्ने दुबै पक्ष हाबी हुँदा बैंकको अधिकतम कारोबार भएको हो।


Share this Story

   

एनएमबीको शेयरमा झुम्मिए लगानीकर्ता, ओम डेभलपमेन्टका शेयरधनीले नाफा बुक गर्दा उच्च कारोबार को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
ncell