कर्मचारी सञ्चय कोषको अध्यक्षको जिम्मेवारी फेरि पनि सचिव शिशिरकुमार ढुंगानालाई नै

बिजमाण्डू
२०७५ माघ ३ गते १७:३२ | Jan 17, 2019
कर्मचारी सञ्चय कोषको अध्यक्षको जिम्मेवारी फेरि पनि सचिव शिशिरकुमार ढुंगानालाई नै


काठमाडौं। सरकारले कर्मचारी सञ्चय कोषको अध्यक्षमा सचिव शिशिरकुमार ढुंगानालाई नै निरन्तरता दिएको छ। अर्थ मन्त्रालयमा राजस्व सचिव हुँदा करिब १५ महिना अघि सञ्चय कोषको सञ्चालक समिति अध्यक्ष बनेका ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा भएपछि पनि बोर्डमा निरन्तरता दिइएको हो।

Vigo
GBIME
Tata

ढुंगानालाई पहिलोपटक सञ्चय कोषको अध्यक्ष बनाउँदा राजस्व सचिवका रुपमा जिम्मेवारी तोकिएको थियो। लालशंकर घिमिरे राजस्व सचिव बने पनि सरकारले ढुंगानालाई नै बोर्ड अध्यक्षको जिम्मेवारी दिएको छ। 

'यसअघिको निर्णयमा राजस्व सचिवलाई तोक्ने भन्ने थियो, अहिले नेपाल सरकारका सचिव शिशिरकुमार ढुंगानालाई तोक्ने भन्ने उल्लेख छ,' प्रधानमन्त्री कार्यालय सम्बद्ध स्रोतले भन्यो। 

सरकारले मंसिर अन्तिममा ढुंगानालाई प्रधानमन्त्री कार्यालयमा लैजाँदै घिमिरेलाई राजस्व सचिव बनाएको थियो।