दुई बाणिज्य बैंकको मात्रै डेढ अर्बको आइपिओ, ११ कम्पनीले पनि निकाल्दै ७५ करोडको सेयर

बिजमाण्डू
२०६९ असोज २ गते ००:०० | Sep 18, 2012

काठमाडौं । दुई वाणिज्य बैंकसहित १३ कम्पनीले यसै वर्ष साधारण सेयर निस्कासन गर्ने भएका छन् । सबैभन्दा धेरै सेयर सिभिल बैंकले निकाल्दै छ । त्यसपछि कमर्ज एन्ड ट्रस्ट बैंक नेपालले । यि दुई बैंकले १ अर्ब ४० करोड रुपैयाँ बराबरको सेयर निस्कासन गर्दैैछन् ।
वाँकी ११ कम्पनीले ७५ करोड ३० लाख ८६ कहजार रुपैयाँ बराबरको साधारण सेयर निस्कासन गर्दैछन् । सिभिलले ८० करोड रुपैयाँ बराबरको सेयर मंसिरमा निकाल्ने गरी निस्कासन तथा विक्री प्रबन्धक नियुक्त गरिसकेको छ । कमर्ज बैंकले पनि ६० करोड रुपैयाँको सेयर निकाल्न विक्री प्रबन्धक नियुक्त गरिसकेको छ । बैंकले मंसिरमा सेयर निकाल्ने तयारी गरिरहेको छ । तर दुवै कम्पनीले भने वोर्डमा अहिलेसम्म आवेदन दिएका छैनन् ।
वाँकी ११ कम्पनीले भने धितो पत्र वोर्डसँग स्वीकृतिका लागि आवेदन दिएका छन् । सिटी होम्स, राजधानी इन्भेष्टमेन्टवाहेक सवै विकास बंैक र फाइनान्स कम्पनी छन् । यि कम्पनीले ७५ करोड ३० लाख ८६ हजार ६ सय रुपैयाँ बराबरको सेयर निस्कासन गर्ने अनुमति मागेका छन् ।
वोर्डसँग इन्भेष्टा फाइनान्सले १ करोड  ६० लाख रुपैयाँ, सिटी होम्स लिमिटेडले ४ करोड ५० लाख, राजधानी इन्भेष्टमेन्ट फण्डले १२ करोड ३२ लाख, एनआइडिसी डेभलपमेन्ट बैंक १८ करोड ४१ लाख ७६ हजार, मर्कन्टायल फाइनान्स १ करोड ८० लाख, राइजिङ डेभलपमेन्ट बैंक ६ करोड, इन्टरनेसनल डेभलपमेन्ट बैंक १९ करोड २० लाख, स्वरोजगार लघुवित्त विकास बैंक ४७ लाख १० हजार, जेविल्स फाइनानस् ९ करोड ८० लाख र सिभिक डेभलपमेन्ट बैंक १ करोड २० लाख रुपैयाँको सेयर निस्कासनको अनुमति मागेका हुन् ।
यसै वर्ष मेगा बैंक र सेन्चुरीले पनि सेयर निस्कासन गर्ने तयारी गरिरहेका छन् । तर दुवै बैंकले अहिलेसम्म निस्कासन तथा विक्री प्रबन्धक नियुक्त गरिसकेको छैन । दुवै बैंकले ६० करोडका दरले १ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर निस्कासन गर्ने छन् ।

Tata
GBIME
NLIC



चिलिमे ३० प्रतिशत बोनस, २० प्रतिशत नगद, असोज २९ गते साधरणसभाको प्रस्ताव

बिजमाण्डू
२०६९ असोज २ गते ००:०० | Sep 18, 2012
चिलिमे ३० प्रतिशत बोनस, २० प्रतिशत नगद,  असोज २९ गते साधरणसभाको प्रस्ताव


काठमाडौं । चिलिमे जलविद्युत आयोजनाले लगानीकर्तालाइ ३० प्रतिशत बोनस सेयर र २० प्रतिशत नदग लाभांस दिने भएको छ । कम्पनीले गतवर्ष ४० प्रतिशत बोनस सेयर र ३० प्रतिशत नगद लाभांस गरी ७० प्रतिशत लाभांस दिएको थियो । लाभांसका विषयमा कम्पनीले सोमवार साँझ बोर्ड बैठकमा छलफल गरेको थियो, मंगलवार पनि यस विषयमा छलफल भएको थियो।
कम्पनीले असोज २९ गते साधरणसभाको समेत प्रस्ताव गर्दैछ । कम्पनीले यो वर्ष १०.६२ प्रतिशतले नाफा वढाउँदै ९३ करोड २६ लाख रुपैयाँ कमाएको थियो । कम्पनीले जगेडा कोष पनि १४ प्रतिशतले वढाएर  तीन अर्ब ५३ करोड १४ लाख रुपैयाँ पुर्याएको छ । प्रति सेयर आम्दानी ६९ रुपैयाँ भएको कम्पनीले नाफा र जगेडा कोष दुवै वढाएकाले लगानीकर्ताले अघिल्लो वर्षकै अनुपातमा लाभांसको अनुमान गरेका थिए । प्रतिशतमा लाभांस थोरै देखिएको हो तर यो लाभांस पनि गतवर्षकै हारहारीमा हो, स्रोतले भन्यो ।
चिलिमेको पछिल्लो बजार मूल्य एक हजार एक सय ६५ रुपैयाँ छ । आइतवार र सोमवार गरेर कम्पनीको सेयर मूल्य ६५ रूपैयाँले बढेको छ । चिलिमेबाट यही साता लाभांस घोषणा हुने सम्भावना भएकाले सेयर मूल्य बढेको विश्लेषकको अनुमान थियो । कम्पनीले अघिल्लो जेठमा सर्वसाधारणलाई सेयर जारी गर्दा प्रक्षेपण गरेको वित्तीय अवस्थाभन्दा कम उपलब्धि हाँसिल गरेको छ । सेयर जारी गर्दा कम्पनीको प्रति सेयर नेटवर्थ ४ सय ६९ रुपैयाँ थियो । कम्पनीले यो वढेर ५ सय ७८ पुग्ने जनाएको थियो । तर गत वर्षको वासलात सार्वजनिक गर्दै सेयर जारी गरेको वर्षभन्दा कम अर्थात ३ सय ९३ रुपैयाँ छ । कम्पनीको प्रति सेयर आम्दानी पनि ७० बाट एक रुपैयाँ घटेको छ ।
कम्पनीको विद्युत विक्रीबाट प्राप्त रकम र व्याज आम्दानीले गर्दा बैंक मौज्दात र अल्पकालिन लगानी वढेको छ । यसले बैंकको नाफा बढाएको हो । कम्पनीले यस वर्ष ९० करोड रुपैयाँ बराबरको विजुली विक्री गरेको छ । बैंकबाट भएको ब्याज आम्दानी ५७ प्रतिशतले वढेको छ । बैंकहरुले ब्याजको दर वढाएका कारण कम्पनीको व्याज आम्दानी २९ करोड ९२ लाख पुगेको छ । तरलता वढी भएर बैंकहरुले ब्याज घटाउन थालेकाले कम्पनीले गर्ने आम्दानी आगामी दिनमा भने घट्ने पक्का छ । कम्पनीले सर्वसाधारणलाई प्रति सेयर ३ सय ८ रुपैयाँ ३६ पैसा वढि थपेर प्रिमियमा सेयर विक्री गरेको थियो ।
एक सय रुपैयाँ मूल्य अंकित १३ करोड ४४ लाख रुपैया बराबरको सेयर ४ सय सय ८ रुपैयाँ ३६ पैसाका दरले चिलिमेले विक्री गरेको हो । कम्पनीले रसुवावासीका लागि ९  लाख ६० हजार कित्ता सेयर विक्री गरेको थियो । सेयर जारी गरेपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ३४ करोड रुपैयाँ छ ।
२२.१ मेगावाट क्षमता भएको आयोजनाको अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँ छ । नेपाल विद्युत प्राधिकरण मूख्य सञ्चालक रहेको कम्पनीमा प्राधिकरणका वाहालवाला र पूर्वकर्मचारीको २५ प्रतिशत सेयर छ । ५१ प्रतिशत  सेयर प्राधिकरणको छ । कम्पनीले १४ प्रतिशत सेयर सर्वसाधारणलाई दिएको हो । वाँकी १० प्रतिशत रसुवावासीसँग छ ।
सञ्चालनमा आएदेखि नै लाभांस दिन थालेको कम्पनीको मूल्य आम्दानी अनुपात १३.११ गुणा छ । १० देखि १५ प्रतिशत मूल्य आम्दानी अनुपात भएको सेयरलाई खरिद गर्न उत्तम मानिन्छ । वित्तीय क्षेत्रको वाहूल्य रहेको दोस्रो बजार (नेपाल स्टक एक्सचेन्ज) मा पछिल्लो समय वित्तीय संस्थाले राम्रो प्रतिफल दिन छाडेपछि जलविद्युत क्षेत्रको सेयरमा आकर्षण वढेको छ । त्यसमाथि जलविद्युत क्षेत्रमा राम्रो आम्दानीको निस्चितता हुने भएकाले पनि चिलिमेको सेयर खरिद विक्री उच्च हुने गरेको छ ।
चिमिलेमले अहिले चार आयोजना निर्माण गरिरहेको छ । यी आयोजनाबाट हुने आम्दानी पनि चिलिमेका सेयरधनीले पाउने भएकाले सेयर उच्च मूल्यमा वढी किनवेच हुन्छ । कम्पनीले १४.६ मेगावाटको माथिल्लो सान्जेन, ४२.५ मेगावाटको सान्जेन, एक सय मेगावाटको रसुवागढी र १०२ मेगावाटको मध्यभोटेकोसीमा लगानी गरिरहेको छ ।

Tata
GBIME
NLIC