पोर्चुगल १२ वर्षपछि युरोकपको फाइनलमा, वेल्स बाहिरियो

बिजमाण्डू
२०७३ असार २३ गते ००:०० | Jul 7, 2016
पोर्चुगल १२ वर्षपछि युरोकपको फाइनलमा, वेल्स बाहिरियो

क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट प्रदर्शन गर्दै युरोकपमा सर्वाधिक गोलकर्ताको रेकर्ड बराबरी गर्दा वेल्सलाई पराजित गर्दै पोर्चुगल दोस्रो पटक युरोकपको फाइनलमा प्रवेश गरेको छ।


पहिलो सहभागितामै उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनल पुगेको वेल्सको ऐसिहासिक यात्रा सकिएको छ।



फ्रान्सको लियोनमा भएको पहिलो सेमिफाइनल खेलमा पोर्चुगलले वेल्सलाई २–०  ले पराजित गर्यो।

सन् २००२ मा पहिलो पटक युरोकपको फाइनलमा पुगेको पोर्चुगल १२ वर्षपछि पुन फाइनलमा पुग्न सफल भएको हो। घरेलु मैदानमा भएको उक्त फाइनलममा पोर्चुगल ग्रिससँग पराजित भएको थियो।




वेल्स विरुद्धको जितमा नायक बनेका पोर्चुगलका रोनाल्डोको एक गोल गरे भने अर्को गोलका लागि सहयोग गरे।



जारी युरोकपमा यसअघिका पाँच खेलमा निर्धारित समयमा जित हात पार्न नसकेको पोर्चुगलले पहिलो पटक निर्धारित समयमै जित निकाल्न सफल भएको छ। 



रोनाल्डो र वेलको भिडन्तका रुपमा हेरिएको खेलमा रोनाल्डोले आफुलाई प्रमाणित गर्दा बेललाई भने राम्सेको अनुपस्थिती स्पष्ट खड्कियो।


पहिलो हाफको खेल गोलरहित बराबरीमा रोकिएपनि दोस्रो हाफमा तीन मिनेटमा पोर्चुगलको दुई गोल सम्भव भएको थियो। जसले खेलनै परिवर्तन गरिदियो।



जाओ मारियोलेको सर्ट कर्नर पासमा राफेल गुएरेइरोले गरेको लामो प्रहारलाई रोनाल्डोले हेड मार्फत गोल गर्दै ५० औं मिनेटमा पोर्चुगललाई अग्रता दिलाए ।

वेल्स सम्हालिन नपाउँदै त्यसको तीन मिनेटपछि नै पोर्चुगलले अग्रता गोल थप्यो। यस पटक पनि रोनाल्डोकै भूमिका रह्यो। रोनाल्डोको पासमा नानीले गोल गर्दै पोर्चुगललको अग्रता दोब्बर पारे।



त्यसपछि वेल्सको खेलमा फर्कने सकेन। गारेथ बेलले डि एरिया बाहिरबाट गोल गर्न प्रयसा गरेपनि सफल हुन सकेनन्। 



यता वेल्स विरुद्ध गोल गरेसँगै रोनाल्डोले युरोकपमा सर्वाधिक गोल गर्ने फ्रान्सका मिचेल प्लाटिनीको रेकर्ड बराबरी गरेका छन्। रोनालडोले जारी युरोपकमा ३ गोल गर्दै प्लाटिनीको नाममा रहेको ९ गोलको रेकर्ड बराबरी गरेका हुन्। सुरुवाती दुई खेलमा गोल गर्न नसकेका रोनाल्डोले हंगेरी विरुद्धको खेलमा दुई गोल गरेका थिए।



पोर्चुगलले अब फाइनलमा जर्मनी र फ्रान्स बीचको विजेतासँग खेल्नेछ। जर्मनीले फ्रान्सलाई हराए पोर्चुगलले आगामी वर्ष रुसमा हुने फिफा कन्फेडेरेसन कप खेल्नेछ।

Tata
GBIME
Nepal Life