दु्रतमार्ग निर्माणका नयाँ आशा, सरकारले बुट मोडलमा बनाउन माग्यो इच्छापत्र

बिजमाण्डू
२०६९ असार २८ गते ००:०० | Jul 12, 2012
दु्रतमार्ग निर्माणका नयाँ आशा, सरकारले बुट मोडलमा बनाउन माग्यो इच्छापत्र

काठमाडौं । सरकारले काठमाडौं–तराई दु्रत मार्ग निर्माणका लागि निर्माण–सञ्चालन–हस्तान्त्रण (बुट) प्रणालीमा इच्छा प्रस्ताव माग गरेको छ । काठमाडौंबाट निजगढ हुँदै पथलैयासम्म पुग्ने यो दु्रत मार्ग ९४ किलोमिटर लामो हुनेछ । भौतिक योजना तथा निर्माण मन्त्रालयले काठमाडौंदेखि–निजगढसम्म ७६ किलोमिटर द्रुत मार्ग र निजगढदेखि पथलैयासम्मको १८ किलोमिटर सडक निर्माणका लागि इच्चापत्र मागेको हो ।
सरकारले गरेको एक अध्ययनअनुसार यो परियोजना निर्माणका लागि ४६ अर्बदेखि ७१ अर्ब रुपैयाँ लाग्ने मोटामोटी अनुमान गरेको छ । सन् २०१० को अध्ययन अनुसार दुई लेन सडक ४६ अर्बमा बन्छ भने चार लेनको सडक बनाउन ७१ अर्ब लाग्छ ।
परियोजनाका लागि आवश्यक पर्ने ६० प्रतिशत जग्गा अधिग्रहण भैसकेको र परियोजनाका लागि ट्रयाक खोल्ने काम पनि ६० प्रतिशत नै सकिएको जानकारी दिएको छ । दु्रत मार्गका लागि काठमाडौंदेखि हेटौडासम्मको ट्रयाक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ । यो आर्थिक वर्ष भित्र ट्रयाक खोलिसक्ने बताइए पनि जग्गा अधिग्रहण लगायतका कामले यो पूरा हुन सकेको छैन ।
दु्रत मार्गका लागि एक किलोमिटर ३ सय मिटर लामो एउटा सुरुङ बनाउनुपर्ने, ४० देखि एक सय पाँच मिटर उचाईका १६ वटा पुल बनाउनुपर्ने प्रस्तावमा छ । सडक बनेपछि काठमाडौं आउँदा हेटौडामा र हेटौडा जाँदा काठमाडौंमा सडक दस्तुर तिर्ने व्यवस्थाका लागि सिफारिश गरेको छ । सरकारले यो सकडमा ट्याक्सीका लागि आठ सय रुपैयाँ र ठूलो बस÷ट्रकका लागि १८ सय रुपैयाँ लिन सिफारिश गरेको छ ।
सन् २०१६ मा परियोजना सकिए, त्यतिवेला यो सडकका लागि दैनिक चार हजार ६०० देखि पाँच हजार तीन सयसम्म ठूला सवारीसाधरण गुड्ने अनुमान गरेको छ । त्यसैगरी सन् २०३६ सम्म १५ हजार ३०० देखि १७ हजार तीन सयकोवीचमा हुने अनुमान पनि अध्ययनले देखाएको छ ।
अहिलेको वर्तमान प्रक्षेपण अनुसार दु्रतमार्गमा ६३ प्रतिशत ट्रक, २६ प्रतिशत हल्का सवारीसाधन र ११ प्रतिशत बस गुड्नेछन् । सरकारले निजगढमा अन्तराष्ट्रिय विमानस्थल बनाउने तयारी गरिरहेको छ । यो अवस्थामा दु्रतमार्गको सवारी आवागमन योभन्दा धेरै हुनेछ ।

Tata
GBIME
Nepal Life

यस्तो छ परियोजनाको प्रस्ताव तलको लिंकमा क्लिक गर्नुहोस्
http://www.moppw.gov.np/pdf/Project_Brief.pdf