रिलायन्स फाइनान्सको पुरै सेयर विक्री, इन्टरनेशनल डेभलपमेन्ट बैंकको आज अन्तिम दिन

बिजमाण्डू
२०६९ असोज २२ गते ००:०० | Oct 8, 2012

काठमाडौं । दुई वटा वित्तीय संस्थाबाट सर्वसाधरणमा जारी गरेको साधारण सेयर पूरै बिक्री भएको छ । इन्टरनेसनल डेभलपमेन्ट बैक र रिलायन्स फाइनान्स लिमिटेडबाट जारी भएको सेयर पूरै बिक्री भएको हो । इन्टरनेसनल डेभलपमेन्ट बैकको सेयर एक सातामै बिक्री भएको छ । बैकले आजदेखि बिक्री बन्द गर्ने सूचना जारी गरेको छ ।
‘साधारण सेयर बिक्री हुन नसकिरहेको बेला एक सातामै सबै बिक्री हुनु उत्साहजनक हो,’ बैकका अधिकारीले भने, ‘बैक प्रति धेरैको विश्वास रहेको प्रमाणित भएको छ ।’ बैकले आइतबार १९ करोड २० लाख रुपैयाँ बराबरको सेयर निकाष्सन गरेको थियो । ६४ करोड रुपैयाँ पुँजी भएको बैकले सर्वसाधरणका लागि ३० प्रतिशत सेयर बिक्री गरेको हो । बैकले ४४ वटा बिक्री केन्द्रबाट सेयर बिक्री गरेको थियो । बैकले १४ शाखा र १३ एटिएमबाट सेवा सञ्चालन गरिरहेको छ । बैकले गत आर्थिक वर्ष पाँच करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
रिलायन्स फाइनान्सको ६ लाख कित्ता साधरण सेयर बिक्री भएको छ । १४ करोड रुपैयाँ चुक्त पुँजी रहेको कम्पनीको साधारण सेयर बिक्रीपछि पुँजी २० करोड पुग्नेछ । कम्पनीले गतवर्ष ९७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

Tata
GBIME
NLIC