एनपीएल : काठमाडौंसामू कर्णालीको १ सय ८१ रनको लक्ष्य, ब्याटिङमा विदेशी हाबी

बिजमाण्डू
२०८३ कात्तिक १६ गते १४:२६ | Nov 2, 2026
एनपीएल : काठमाडौंसामू कर्णालीको १ सय ८१ रनको लक्ष्य, ब्याटिङमा विदेशी हाबी


काठमाडौं। कर्णाली याक्सले काठमाडौं गोर्खाजसामू १ सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा कर्णाली याक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रनमा समेटिएको हो।

GBIME
Tata

टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीका लागि अरिफुल इस्लामले २२ बलमा ४४ रन बनाउँदै इनिङ अघि बढाउँदा हुसैन तलतले ४० रन बनाएर यसलाई माथि लैजान योगदान दिए। त्यस्तै, गुल्सन झाले २० रन बनाउँदा पवन सर्राफ ३० रनमा अविजित रहे।

बलिङमा करण केसीले २ विकेट लिँदा सहाब आलम,, जहानदाद खान, देव साह र सन्तोष यादवले समान १ विकेट लिए।

खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सविरुद्ध टस जितेर बलिङ रोजेको थियो। आजको खेलमा काठमाडौंले डेभिड वार्नरलाई प्लेइङ ११ मा स्थान दिएको छ। उनी हिजोमात्र काठमाडौं आएका थिए।

काठमाडौं जवाफी ब्याटिङमा उत्रिँदैछ।