बिचौलियासँग भेटघाट गरेका सर्वोच्चका न्यायाधीशमाथि छानबिन गर्न ट्रान्सपरेन्सीको माग

बिजमाण्डू
२०८३ कात्तिक १६ गते १४:०० | Nov 2, 2026
बिचौलियासँग भेटघाट गरेका सर्वोच्चका न्यायाधीशमाथि छानबिन गर्न ट्रान्सपरेन्सीको माग


काठमाडौं। ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले बिचौलियासँग संवाद र भेटघाट गरेका न्यायाधीशमाथि छानबिन गर्न माग गरेको छ।

GBIME
Tata

ट्रान्सपरेन्सी इन्टरनेसन नेपालले न्यायाधीशमाथि संसदीय छानबिन गर्न र उनीहरुको सम्पत्ति पनि छानबिन गर्न माग गरेको हो।

‘प्रजातान्त्रिक प्रणालीमा कार्यकारी र न्यायालयको स्वतन्त्रता र कार्य प्रभावकारिता हेर्ने र आवश्यक निर्णय गर्ने निकाय संसद् भएकोले यस विषयको गाम्भीर्यता र सार्वजनिक महत्त्वलाई दृष्टिगत गर्दै ढिला नगरी संसदीय समितिमार्फत तथ्यगत अनुसन्धान गरी आवश्यक निर्णय गर्न आह्वान गर्दछौं। साथै सम्बन्धित न्यायाधीशहरूको सम्पत्तिको छानबिन पनि अनुसन्धानको दायरामा ल्याउन माग गर्दछौं,’ ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले भनेको छ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका उपाध्यक्ष सरोजप्रसाद पाण्डेले सोमबार प्रेस विज्ञप्ति जारी गरी बिचौलियासँग जोडिएका न्यायाधीशमाथि छानबिन गर्न र छानबिन नसकिएसम्म उनीहरुलाई न्याय सम्पादनको कामबाट अलग गर्न माग गरेका हुन्।

‘न्याय सम्पादन गर्ने जिम्मेवार व्यक्ति अर्थात् न्यायमूर्तिबाट कानुनमा उल्लिखित भन्दा अझ उच्चतम सदाचारको कसीमा खरो उत्रेर देश र जनताको हितमा कार्य गर्नुपर्ने भएकोले आफैंले स्पष्टीकरण दिएका न्यायाधीशहरूले उच्चतम सदाचार प्रदर्शन गरी उठेका प्रश्नहरूको समाधान नभएसम्म न्याय सम्पादन कार्यमा संलग्न नहुन उचित देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ।