काठमाडौं गोर्खाजले टस जितेर बलिङ रोज्यो, हिजो आएका डेभिड वार्नर प्लेइङ ११ मा

बिजमाण्डू
२०८३ कात्तिक १६ गते १२:३१ | Nov 2, 2026
काठमाडौं गोर्खाजले टस जितेर बलिङ रोज्यो, हिजो आएका डेभिड वार्नर प्लेइङ ११ मा
डेभिड वार्नर।


काठमाडौं। काठमाडौं गोर्खाजले कर्णाली याक्सविरुद्ध टस जितेर बलिङ रोजेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा काठमाडौंले कर्णालीलाई पहिला ब्याटिङको निम्ता दिएको हो।

GBIME
Tata

आजको खेलमा काठमाडौंले डेभिड वार्नरलाई प्लेइङ ११ मा स्थान दिएको छ। उनी हिजोमात्र काठमाडौं आएका थिए।

काठमाडौंको प्लेइङ ११

करण केसी (कप्तान), भीम सार्की, रशिद खान, आदिल अन्सारी, शहाब अलाम, सन्तोष यादव, देव शाह, स्मित पटेल, जहानदाद खान,  रिपोन मोन्डोल र डेभिड वार्नर

कर्णालीको प्लेइङ ११

सोमपाल कामी, गुल्सन झा, नन्दन यादव, दीपक डुम्रे, युनिस सिंह ठकुरी, पवन सर्राफ, युवराज खत्री, अकबर अली, अरिफुल इस्लाम, मार्क वाट र हुसैन तालत