लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर

बिजमाण्डू
२०८३ कात्तिक १२ गते १०:५१ | Oct 29, 2026
लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर


काठमाडौं। लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेको छ।

GBIME
Tata

बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।

५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि बैंकका सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन्।

बैंकले पोहोर १० प्रतिशत र परार ५ प्रतिशत बोनस सेयर दिएको थियो।