काठमाडौं। लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेको छ।
बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।
५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको बैंकले जनाएको छ।
नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि बैंकका सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन्।
बैंकले पोहोर १० प्रतिशत र परार ५ प्रतिशत बोनस सेयर दिएको थियो।