ट्रष्ट नेपाल ओभरसिजका सञ्चालक रविन गुरुङलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश

बिजमाण्डू
२०८३ कात्तिक ११ गते १७:५७ | Oct 28, 2026
ट्रष्ट नेपाल ओभरसिजका सञ्चालक रविन गुरुङलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश


काठमाडौं। म्यानपावर व्यवसायी रविन गुरुङलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

GBIME
Tata

न्यायाधीश हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको इजलासले बुधबार बन्दी प्रत्यक्षीकरण रिटको सुनवाइ गर्दै ट्रष्ट नेपाल ओभरसिजका सञ्चालक गुरुङलाई रिहा गर्न आदेश दिएको हो।

वैदेशिक रोजगार विभागले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएर असोज २९ गते गुरुङलाई नियन्त्रणमा लिएको थियो। सर्वोच्चले विभागसँग मुद्दा हेर्ने कार्य क्षेत्र नै नभएको बताएको छ।

मलेसियाको रोजगारीमा सिन्डिकेट खडा गरेको भन्दै २५ वटा म्यानपावरका सञ्चालकविरुद्ध विभागले पक्राउ पुर्जी लिएकामा अरु भने सम्पर्कमा आएका छैनन्।