काठमाडौं। दसैंले स्मार्ट फोनको आयात बढाएको छ।
चालु आर्थिक वर्ष असोजमा मात्र ९ अर्ब ७ करोड रुपैयाँको ३ लाख ८६ हजार थानभन्दा बढी स्मार्ट फोन भित्रिएको छ। जबकि साउन र भदौमा ४ लाख २५ हजार थान स्मार्ट फोन आयात भएको तथ्यांक छ।
व्यवसायीहरुका अनुसार दसैंका कारण असोजमा स्मार्ट फोनको आयात बढेको हो। तीन महिनामा स्मार्ट फोन आयातमा १८ अर्ब ८१ करोड ५२ लाख रुपैयाँ बाहिरिएको छ।
गत वर्ष सोही अवधिमा करिब १३ अर्ब ६२ करोड रुपैयाँको ८ लाख ४ हजार थान स्मार्ट फोन आयात भएको थियो।










