गण्डकी प्रदेश सरकारले बाढी प्रभावितको राहतका लागि ४ करोड रुपैयाँ दिने



बिजमाण्डू
२०८३ भदौ १२ गते १३:१६ | Aug 28, 2026
गण्डकी प्रदेश सरकारले बाढी प्रभावितको राहतका लागि ४ करोड रुपैयाँ दिने
सुरेन्द्रराज पाण्डे


काठमाडौं। बाढी पीडितको सहयोगार्थ गण्डकी प्रदेश सरकारले ४ करोड रुपैयाँ दिने भएको छ।

Vigo
GBIME
Tata

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ४ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको जानकारी दिएका छन्।

उनले शुक्रबार एक विज्ञप्ति निकालेर सम्पर्कविहीनको खोजी, जोखिममा रहेकाको उद्धार, घाइतेको उपचार तथा आश्रयविहीनलाई आवश्यक राहतको व्यवस्थाका लागि प्रभावकारी रूपमा परिचालित हुन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।