काठमाडौं। बाढी पीडितको सहयोगार्थ गण्डकी प्रदेश सरकारले ४ करोड रुपैयाँ दिने भएको छ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ४ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको जानकारी दिएका छन्।
उनले शुक्रबार एक विज्ञप्ति निकालेर सम्पर्कविहीनको खोजी, जोखिममा रहेकाको उद्धार, घाइतेको उपचार तथा आश्रयविहीनलाई आवश्यक राहतको व्यवस्थाका लागि प्रभावकारी रूपमा परिचालित हुन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।