एनएमबि बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा कमायो ४ अर्बभन्दा बढी खुद नाफा



बिजमाण्डू
२०८३ साउन १९ गते १३:३० | Aug 4, 2026
एनएमबि बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा कमायो ४ अर्बभन्दा बढी खुद नाफा


काठमाडौं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले पहिलोपटक खुद नाफा ४ अर्बको कोसेढुंगा पार गर्दै ऐतिहासिक सफलता हासिल गरेको जनाएको हो।

Tata
GBIME

बैंकका अनुसार खुद नाफा अघिल्लो वर्षको २.८५ अर्बको तुलनामा यो वर्ष ४०.६% ले वृद्धि भएर ४.०१ अर्ब पुगेको छ। कुल वितरणयोग्य नाफा १.८७ अर्ब रहेको छ भने प्रति सेयर वितरणयोग्य नाफा ९.०८% कायम भएको बैंकले जनाएको छ।

त्यस्तै, प्रभावकारी वासलत व्यवस्थापनका कारण खुद ब्याज आम्दानी १७.५% ले बढेर ९.४२ अर्ब रुपैयाँ पुगेको छ। साथै, डिजिटल र ट्रान्ज्याक्सन बैंकिङमा भएको वृद्धिसँगै शुल्क तथा कमिसन आम्दानी १६.६% ले बढेर २.८३ अर्ब रुपैयाँ पुगेको जनाइएको छ।

ट्रेजरी तथा वैदेशिक मुद्रा कारोबारमा भएको सुधारका कारण ट्रेडिङ आम्दानी ८९.०% ले वृद्धि भएर ६८१.४२ मिलियन पुगेको बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ।

त्यस्तै, प्रतिफल दरहरुमा पनि सुधार भएको भनिएको छ। पुँजी प्रतिफल र सम्पत्ति प्रतिफल सुधार भएर क्रमश: ११.५८% र १.०४% रहेको बैंकले जनाएको छ।