काठमाडौं। विभिन्न भूमि प्रशासन कार्यालयमा कार्यरत २० जना नायब सुब्बा र १२ जना खरिदार सरुवामा परेका छन्।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार ६८ जना कर्मचारीको सरुवा गर्दा भूमि प्रशासन कार्यालयका २० जना नायब सुब्बा र १२ जना खरिदार पनि परेका हुन्।
मन्त्रालयले १२ जना अधिकृत, १२ जना खरिदार र ४४ जना नायब सुब्बाको सरुवा गरेको छ।
भूमि प्रशासनबाट सरुवामा परेका २० जना नायब सुब्बा र १२ जना खरिदार गृह मन्त्रालय मातहतका कार्यालयमा पुगेका छन्।
शिक्षा मन्त्रालयका ६ जना अधिकृतलाई विज्ञान प्रविधि मन्त्रालयमा पठाइएको छ।










