आवश्यकताभन्दा बढी सिलिन्डर नकिन्न एलपी ग्यास उद्योग संघको अपिल, ‘समस्या समाधानमा लागौं’



बिजमाण्डू
२०८३ साउन १९ गते १२:४८ | Aug 4, 2026
आवश्यकताभन्दा बढी सिलिन्डर नकिन्न एलपी ग्यास उद्योग संघको अपिल, ‘समस्या समाधानमा लागौं’


काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले ग्यास अभावको समस्या केही समयमै समाधान हुने जनाएको छ। बजारमा ग्यासको अभाव देखिएको परिदृश्यमा आज विज्ञप्ति जारी गर्दै संघले उपभोक्तालाई अनावश्यक रुपमा लाइनमा नबस्न र आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न आग्रह गरेको हो।

Tata
GBIME

संघका अनुसार खाडीमा देखिएको तनावको अवस्था हाल सामान्य भएसँगै ग्यास आयात नियमित भइसकेको छ।

तर, अहिले बजारमा अभाव देखिनुको मुख्य कारण विगतमा आधा सिलिन्डर ग्यास बिक्री गरिएकोमा हाल पूरा सिलिन्डर बिक्री गर्नुपर्दाको अवस्था रहेको संघले जनाएको छ।

खाडीको अवस्थालाई मध्यनजर गर्दै आयल नियमले ७.१ केजी सिलिन्डर ग्यास बेच्ने निर्णय गरेको थियो। केही साता अघिबाट फेरि १४.२ केजीको पूरा सिलिन्डर ग्यास बिक्री गर्ने निर्णय भएको हो।

संघले घरमा करिब एक महिनासम्म पुग्ने ग्यास मौज्दात छ भने तत्काल नयाँ सिलिण्डर नकिन्न आग्रह पनि गरेको छ। साथै, उद्योगी, विक्रेता र नेपाल आयल निगमले समन्वय गरेर बजारलाई छिट्टै सहज बनाउने प्रतिबद्धता जनाएको छ।