प्रतिफल बढाउन सेयर बजारमा म्युचुअल फण्डले घटाए लगानी, कुनको रिपोर्ट कस्तो?



बिजमाण्डू
२०८३ साउन १७ गते १६:३३ | Aug 2, 2026
प्रतिफल बढाउन सेयर बजारमा म्युचुअल फण्डले घटाए लगानी, कुनको रिपोर्ट कस्तो?


काठमाडौं। म्युचुअल फण्डहरूले सेयर बजारमा लगानी घटाएका छन्। बैंकको ब्याजदर घट्दा मुद्दती निक्षेपको रकम बजारमा लगाएका फण्डहरूले आर्थिक वर्षको अन्तिम महिनामा लगानी घटाएका हुन्।

Tata
GBIME

बजारमा खुला र बन्दमुखी प्रकृतिका म्युचुअल फण्डहरूको ६५ अर्ब ४ करोड रुपैयाँ लगानी छ। जेठ मसान्तको तुलनामा यो रकम १ प्रतिशतले कम हो।

जेठ मसान्तसम्ममा स‍ेयर बजारमा फण्डहरूको लगानी ६५ अर्ब ९५ करोड रुपैयाँ पुगेको थियो। आर्थिक वर्षको अन्तिम महिनामा फण्डहरू सेयर बिक्री गरेर नाफा आर्जन गर्नुपर्ने दबाबमा रहेकाले लगानी घटेको देखिएको हो।

यो वर्ष असारमा बजारमा १० वटा फण्डहरूले लगानी बढाएका छन्। लक्ष्मी उन्नति कोषले सबैभन्दा धेरै १७ प्रतिशतले लगानी बढाएर ६७ करोड ६२ लाख रुपैयाँ पुर्‍याएको छ। ६ वटाले बजारमा लगानी स्थिर राखेका छन् भने ३८ वटा फण्डहरूले घटाएका छन्।

एनआइबिएल सहभागिता फण्डले सेयर बजारमा सबैभन्दा धेरै ८ अर्ब ७३ करोड रुपैयाँ लगानी गरेको छ। फण्डले असारमा सेयर बजारमा लगानी स्थिर राखेको छ।

म्युचुअल फण्डले सेयर बजारमा गरेको लगानी (लाखमा)

योजना२०८३ असारसम्म२०८३ जेठसम्मफरक %
एनआइबिएल सहभागिता फण्ड८७३६२८७४४३
एनएमबि सरल बचत फण्ड – इ४३९५८४४१९१-१
सिद्धार्थ व्यवस्थित लगानी योजना२७९२०२८७०५-३
एचएलआइ लार्ज क्याप२४६०८२६५२५-७
नबिल फ्लेक्सी क्याप फण्ड२१६०६२१४६०
प्रभु सेलेक्ट फण्ड१५५२५१६२९२-५
नेपाल लाइफ समृद्धि लगानी योजना१४२६९१४४६९-१
प्रभु स्मार्ट फण्ड१३८९९१४६३६-५
कुमारी धनबृद्धि योजना१२९२३१३६७०-५
ग्लोबल आइएमई समुन्नत योजना-२१२,६५९१२,७४५-१
एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२१२६१८१२६६१
सिद्धार्थ इक्वीटी फण्ड१२२५९१३६२४-१०
एनआईबिएल समृदि फण्ड -२१२१३२११८०४
एन आई सी एशिया डाइनामिक डेप्ट फण्ड१२११२१२२७३-१
कुमारी सनौलो लगानी योजना११५५८१११६४
रिलायबल समृद्धि योजना११२९२१११६४
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२११०७३११९३०-७
मुक्तिनाथ म्युचुअल फण्ड १११०१०११२२९-२
ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-११०,८४६१०,७९०
मेगा म्युचुअल फण्ड ११०७९९९९८०
आरविवि म्युचअल फण्ड ११०७२२१०८९४-२
एन आई सी एशिया सेलेक्ट ३० (इन्डेक्स फण्ड)१०४७७१०८९१-४
नबिल ब्यालेन्सड् फण्ड ३१०३९५९९२२
एनआईबिएल ग्रोथ फण्ड१०३८९९७३०
आरबिबि फोकस ४०१०२८५१०३८१-१
सन्राइज ब्लूचिप फण्ड१००१२१०३४१-३
सानिमा लार्ज क्याप९५१५९७१६-२
सिटिजन्स सन्तुलित योजना९२७३११५१०-१९
कुमारी इक्वीटी फण्ड९१११९६१६-५
सनराइज फोकस्ड इक्विटी फण्ड८९०१९१८७-३
एमबीएल इक्विटी फण्ड८६४३९११२-५
एन आई सी एशिया ग्रोथ फण्ड २८४९३८७८६-३
नबिल ब्यालेन्सड् फण्ड २८३७०८७६३-४
एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम८१७०८७३६-६
एनआइसी एसिया फ्लेक्सी क्याप फण्ड८१७०८७३६-६
आरविवि म्युचुअल फण्ड २८०८८८१९९-१
एनएमबि हाइब्रिड फण्ड एल-२७७७०७८८४-१
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३७७१५८६६०-११
कुमारी सबल योजना७०९८७२६१-२
एनएमबि फिफ्टी७०४१९८७१-२९
हिमालयन ८०-२०६९५६७००६-१
लक्ष्मी भ्यालु फण्ड २६८६२६८४९
शुभ लक्ष्मी कोष६७६२५७९२१७
सनराइज फर्स्ट म्यचअल फण्ड६७३३६९९८-४
सिटिजन्स सुपर ३० म्यचअल फण्ड५८३८७२५९-२०
सानिमा ग्रोथ फण्ड५५३०५५५६
लक्ष्मी उन्नति कोष५१०६५२३९-३
सिटिजन्स सदाबहार योजना४८७४६४३२-२४
एनआईसी एशिया ब्यालेन्सङ् फण्ड४५७८५०२६-९
सिटिजन्स म्युचुअल फण्ड २४४४०४४४८
प्रभु सिस्टेमेटिक इन्भेष्टमेन्ट४१९१४१४४
एसएल होराइजन १२४००४
सानिमा फ्लेक्सि फण्ड३८६५३८७२
सिद्धार्थ इक्वीटी फण्ड २३२४४
माछापुच्छ्रे एसआइपी योजना२,९४३३,०१३-२
एन आई ३१२६२९३००६-१३
रिलायबल समृद्धि योजना २२३६२
सानिमा इक्विटी फण्ड २५०४
कुल६५०४८७६५९५९१-१
स्रोत : कम्पनीको ब्यालेन्स सिट

बैंकको ब्याजदर घटेर २ प्रतिशतमा आएको छ। मुद्दती निक्षेप बैंकहरूले लिन अस्वीकार गरेपछि फण्डहरूले लगानी शून्य बनाएका छन्।

मुद्दतीबाट आउने प्रतिफलले फण्डहरूको लागत समेत नउठ्ने भएपछि निक्षेप निकालेको मर्चेन्ट बैंकरहरू बताउँछन्।

बैंकको ब्याजदर पछिल्लो ३ वर्षदेखि निरन्तर घट्दै आएको छ। प्रणालीमा उच्च तरलता र न्यून कर्जा प्रवाहले लागत बढ्ने देखेपछि बैंकहरूले नै निक्षेप लिन अस्वीकार गरिरहेको संस्थागत लगानीकर्ताहरू बताउँछन्।

म्युचुअल फण्डको लगानी वित्तीय अवस्था

योजना२०८३ असारसम्म बैंक मौज्दात (लाखमा)२०८३ जेठसम्म बैंक मौज्दात (लाखमा)फरक %२०८३ असारसम्म न्याभ (रुपैयाँ)२०८३ जेठसम्म न्याभ (रुपैयाँ)फरक रुपैयाँ
एनआइबिएल सहभागिता फण्ड१०,५९७९,२३६१५१०.०३१०.२९-०.२६
एनएमबि सरल बचत फण्ड – इ३,३७६३,०४७१११०.५९१०.७७-०.१८
सिद्धार्थ व्यवस्थित लगानी योजना२,७१२२,४१०१३१०.६९११.०३-०.३४
एचएलआइ लार्ज क्याप९४०२९३७१८.७३८.९६-०.२३
नबिल फ्लेक्सी क्याप फण्ड२,९९४३,८५७-२२१०.२११०.६-०.३९
प्रभु सेलेक्ट फण्ड१३२३९६-६७१३.०४१३.६२-०.५८
नेपाल लाइफ समृद्धि लगानी योजना५०७९५१८०-२९.६७९.८२-०.१५
प्रभु स्मार्ट फण्ड४८११५-५८१४.०३१४.७७-०.७४
कुमारी धनबृद्धि योजना७३८६८७१२.२६१२.७९-०.५३
ग्लोबल आइएमई समुन्नत योजना-२९.९३१०.२२-०.२९
एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२२९२५५७-४८११.६६११.९३-०.२७
सिद्धार्थ इक्वीटी फण्ड२,४०८२,१४२१२१०.३६१०.६५-०.२९
एनआईबिएल समृदि फण्ड -२५५६१,३१२-५८९.७५९.९३-०.१८
एन आई सी एशिया डाइनामिक डेप्ट फण्ड३,८३०३,९१७-२९.९४१०.१-०.१६
कुमारी सनौलो लगानी योजना५२८८९८-४१११.६५१२.०८-०.४३
रिलायबल समृद्धि योजना१,५४५१,१४१३५११.१६११.३५-०.१९
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२१,५९२१,१७७३५१०.८५११.२२-०.३७
मुक्तिनाथ म्युचुअल फण्ड ११,०२७१,५०९-३२१०.२२१०.६२-०.४
ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१११.७८११.९७-०.१९
मेगा म्युचुअल फण्ड १९०८२०९२-५७९.४८९.७८-०.३
आरविवि म्युचअल फण्ड १७६०७७२-२१०.२७१०.४४-०.१७
एन आई सी एशिया सेलेक्ट ३० (इन्डेक्स फण्ड)१,३३८१,३२५९.५५९.८-०.२५
नबिल ब्यालेन्सड् फण्ड ३६२९१,४४२-५६१०.२६१०.४७-०.२१
एनआईबिएल ग्रोथ फण्ड७२२१,६८७-५७९.७६९.९८-०.२२
आरबिबि फोकस ४०२,०७४२,२४५-८९.९५१०.१५-०.२
सन्राइज ब्लूचिप फण्ड१,७७७१,७९३-१९.८२१०.०८-०.२६
सानिमा लार्ज क्याप३८९१०५०-६३१०.०८१०.३६-०.२८
सिटिजन्स सन्तुलित योजना४८८४१६१७९.३४९.७१-०.३७
कुमारी इक्वीटी फण्ड६९२६६७११.४४११.९५-०.५१
सनराइज फोकस्ड इक्विटी फण्ड१,२८६१,३३५-४१०.४५१०.७४-०.२९
एमबीएल इक्विटी फण्ड२,८८४२,५१०१५१०.८५११.०२-०.१७
एन आई सी एशिया ग्रोथ फण्ड २४८९४२६१५१०.१२१०.४-०.२८
नबिल ब्यालेन्सड् फण्ड २१,५५८९६०६२१०.३७१०.५७-०.२
एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम१,७२४१,४७४१७१०.०९१०.३-०.२१
एनआइसी एसिया फ्लेक्सी क्याप फण्ड१,७२४१,४७४१७१०.०९१०.३-०.२१
आरविवि म्युचुअल फण्ड २७२१७८१-८१०.८५११.०५-०.२
एनएमबि हाइब्रिड फण्ड एल-२१७३१५४१२१०.४८१०.५६-०.०८
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३१,३४९७६२७७११.४४११.९-०.४६
कुमारी सबल योजना३९६५१९-२४१०.२९१०.५७-०.२८
एनएमबि फिफ्टी३,४१२८०५३२४१०.४५१०.६-०.१५
हिमालयन ८०-२०३,०४२२,७१०१२१२.३७१२.६२-०.२५
लक्ष्मी भ्यालु फण्ड २८८५१,४४३-३९९.९३१०.३१-०.३८
शुभ लक्ष्मी कोष८५८२,०४९-५८१०१०.३४-०.३४
सनराइज फर्स्ट म्यचअल फण्ड९३१९४५-११०.१६१०.४६-०.३
सिटिजन्स सुपर ३० म्यचअल फण्ड१,१०७१४२६८०१०.५३१०.८१-०.२८
सानिमा ग्रोथ फण्ड२८८६००-५२१०.५४१०.८२-०.२८
लक्ष्मी उन्नति कोष१,४२९१,४३५१०.१८१०.४-०.२२
सिटिजन्स सदाबहार योजना१,८२७३१६४७८९.९७१०.२५-०.२८
एनआईसी एशिया ब्यालेन्सङ् फण्ड५२९३६२४६१०.१३१०.३२-०.१९
सिटिजन्स म्युचुअल फण्ड २१,२३४१,१८३१०.०६१०.१७-०.११
प्रभु सिस्टेमेटिक इन्भेष्टमेन्ट११११३७-१९१०.५७१०.८६-०.२९
एसएल होराइजन १२१०,९६८१०.८२१०.८२
सानिमा फ्लेक्सि फण्ड३२९१,२८८-७४१०.२९१०.४९-०.२
सिद्धार्थ इक्वीटी फण्ड २९,१३७९.८८९.८८
माछापुच्छ्रे एसआइपी योजना१,१२०१,०८३११.२९११.५८-०.२९
एन आई ३११,०८३७१०५३१०.१३१०.३३-०.२
रिलायबल समृद्धि योजना २९०९१९.९७९.९७
सानिमा इक्विटी फण्ड २१०८४४९.९५९.९५
कुल१२७,१६२८६,०४४४८
स्रोत : कम्पनीको ब्यालेन्स सिट

असारमा सेयर बजारमा लगानी घटाएका फण्डहरूले बैंक मौज्दात दोब्बरले बढाएका छन्। फण्डहरूले लगानीका लागि तयारी अवस्थामा रहन बैंक मौज्दातमा रकम राख्दै आएका छन्। असारसम्म ५८ फण्डहरूको बैंक मौज्दात १२ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ।

यो रकम जेठसम्मको तुलनामा ४८ प्रतिशत धेरै हो। जेठसम्म फण्डहरूले ८ अर्ब ६० करोड रुपैयाँ बैंक मौज्दात राखेका थिए। २५ म्युचुअल फण्डले बैंक मौज्दात बढाएका छन्। २ वटाले स्थिर राख्दा २५ वटाले घटाएका छन्।

असारमा फण्डहरूको कुल सम्पत्तिको मूल्य घटेको छ। ४ वटाको सम्पत्तिको मूल्य बढ्दा ५४ वटाको घटेको हो।