मुग्लिन नजिकै सुक्खा पहिरो खस्यो, साढे एक घण्टामा सडक खुलाउने गरी काम हुँदै



बिजमाण्डू
२०८३ साउन १२ गते ०९:०५ | Jul 28, 2026
मुग्लिन नजिकै सुक्खा पहिरो खस्यो, साढे एक घण्टामा सडक खुलाउने गरी काम हुँदै


काठमाडौं । मंगलबार बिहान मुग्लिन नजिकै सुक्खा पहिरो गएको छ। बिहान ८:५० बजे मुग्लिन नारायणगढ सडक खण्डको खहरे खाेला नजिकै पहिरो गएको हो।

Tata
GBIME

पहिरो जाँदा सडक दुईतर्फी अवरुद्ध भएको छ। पहिरो पन्छाउनकाे लागि सम्बन्धित स्थानमा मेसिन परिचालन भइसकेको जनाइएको छ।

साढे एक घण्टाभित्र पहिरो हटाएर सवारी आवागमन संचालन गर्ने गरी काम भइरहेको छ।