काठमाडौं । मंगलबार बिहान मुग्लिन नजिकै सुक्खा पहिरो गएको छ। बिहान ८:५० बजे मुग्लिन नारायणगढ सडक खण्डको खहरे खाेला नजिकै पहिरो गएको हो।
पहिरो जाँदा सडक दुईतर्फी अवरुद्ध भएको छ। पहिरो पन्छाउनकाे लागि सम्बन्धित स्थानमा मेसिन परिचालन भइसकेको जनाइएको छ।
साढे एक घण्टाभित्र पहिरो हटाएर सवारी आवागमन संचालन गर्ने गरी काम भइरहेको छ।