काठमाडौं। एक वर्षमा १६ खर्ब १ अर्ब रुपैयाँको सेयर किनबेच भएको छ।
गत आर्थिक वर्ष २०८२/८३ मा १६ खर्ब १ अर्ब ८७ करोड रुपैयाँको सेयर कारोबार भएको हो। यो कारोबार रकम अघिल्लो आर्थिक वर्षको तुलनामा २४.६१ प्रतिशत कम हो।
आर्थिक वर्ष २०८१/८२ मा २१ खर्ब २४ अर्ब ९१ करवड रुपैयाँको सेयर कारोबार भएको थियो।
गत आर्थिक वर्ष उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनी बाहेकको सेयर कारोबार घटेको छ। फाइनान्स कम्पनीको सेयर कारोबार सबैभन्दा धेरै ६६.६४ प्रतिशतले घटेको छ।
हाइड्रोपावरको सबैभन्दा धेरै ७ खर्ब १० अर्ब रुपैयाँको सेयर किनबेच भएको छ। कारोबार रकमका आधारमा वाणिज्य बैंकलाई उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीले पछि पारेका छन्। उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीको १ खर्ब ४७ अर्ब र वाणिज्य बैंकको १ खर्ब ३० अर्ब रुपैयाँको सेयर कारोबार भएको छ।
पछिल्लो दुई आर्थिक वर्षमा सेयर कारोबारको विवरण दश लाखमा
| सूचक | २०८२/८३ | २०८१/८२ | फरक % |
| हाइड्रोपावर | ७१०५०७.५८ | ८२२९९७.८९ | -१३.६७ |
| उत्पादन तथा प्रशोधन | १४७७३६.०२ | ७९०६६.४६ | ८६.८५ |
| वाणिज्य बैंक | १३००६०.४ | १९१२८०.७७ | -३२.०१ |
| विकास बैंक | १००७९२.५६ | १६१७०७.४१ | -३७.६७ |
| अन्य | १००३६२.८९ | १२६८३१.७५ | -२०.८७ |
| माइक्रोफाइनान्स | ८९४५०.२९ | १३१५६९.३७ | -३२.०१ |
| इन्भेष्टमेन्ट | ७८७४९.१ | १६३६५९.९८ | -५१.८८ |
| फाइनान्स | ५६४५२.४२ | १६९२४१.२४ | -६६.६४ |
| लाइफ इन्स्योरेन्स | ५४३११.१५ | १११६०९.२ | -५१.३४ |
| होटल तथा पर्यटन | ३८०७६.७७ | ४३०२४.४३ | -११.५ |
| निर्जीवन बीमा कम्पनी | २८८६२.६ | ७५३६१.३६ | -६१.७ |
| म्युचुअल फण्ड | ४४९०.०१ | ५४५७.२२ | -१७.७२ |
| ट्रेडिङ | ३१०७.१६ | ६३५१.२७ | -५१.०८ |
| कुल कारोबार | १६०१८७९.२९ | २१२४९१५.५४ | -२४.६१ |
गत वर्ष भदौ २३ गतेको जेनजी आन्दोलनका कारण सेयर बजार केही दिन बन्द भएको थियो। त्यतिखेर राजनीतिक अन्तिश्चयका कारण बजार ओरालो लागेकामा चैत दोस्रो साता नयाँ सरकार बनेपछि बियरिस भएको थियो। नेप्से सूचक घट्दा सेयर कारोबारमा गिरावट आएको हो।
साउन १ देखि भने बजार उकालो लागिरहेको छ।










