BIZMANDU
www.bizmandu.com

सेयर बजारमा एक वर्षमा १६ खर्बको कारोबार, २४.६१ प्रतिशतले घट्दा कुन क्षेत्रको कति?

२०८३ साउन ५

सेयर बजारमा एक वर्षमा १६ खर्बको कारोबार, २४.६१ प्रतिशतले घट्दा कुन क्षेत्रको कति?
सेयर बजारमा एक वर्षमा १६ खर्बको कारोबार, २४.६१ प्रतिशतले घट्दा कुन क्षेत्रको कति?


काठमाडौं। एक वर्षमा १६ खर्ब १ अर्ब रुपैयाँको सेयर किनबेच भएको छ।

Tata
GBIME

गत आर्थिक वर्ष २०८२/८३ मा १६ खर्ब १ अर्ब ८७ करोड रुपैयाँको सेयर कारोबार भएको हो। यो कारोबार रकम अघिल्लो आर्थिक वर्षको तुलनामा २४.६१ प्रतिशत कम हो।

आर्थिक वर्ष २०८१/८२ मा २१ खर्ब २४ अर्ब ९१ करवड रुपैयाँको सेयर कारोबार भएको थियो।

गत आर्थिक वर्ष उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनी बाहेकको सेयर कारोबार घटेको छ। फाइनान्स कम्पनीको सेयर कारोबार सबैभन्दा धेरै ६६.६४ प्रतिशतले घटेको छ।

हाइड्रोपावरको सबैभन्दा धेरै ७ खर्ब १० अर्ब रुपैयाँको सेयर किनबेच भएको छ। कारोबार रकमका आधारमा वाणिज्य बैंकलाई उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीले पछि पारेका छन्। उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीको १ खर्ब ४७ अर्ब र वाणिज्य बैंकको १ खर्ब ३० अर्ब रुपैयाँको सेयर कारोबार भएको छ।

पछिल्लो दुई आर्थिक वर्षमा सेयर कारोबारको विवरण दश लाखमा

सूचक२०८२/८३२०८१/८२फरक %
हाइड्रोपावर७१०५०७.५८८२२९९७.८९-१३.६७
उत्पादन तथा प्रशोधन१४७७३६.०२७९०६६.४६८६.८५
वाणिज्य बैंक१३००६०.४१९१२८०.७७-३२.०१
विकास बैंक१००७९२.५६१६१७०७.४१-३७.६७
अन्य१००३६२.८९१२६८३१.७५-२०.८७
माइक्रोफाइनान्स८९४५०.२९१३१५६९.३७-३२.०१
इन्भेष्टमेन्ट७८७४९.११६३६५९.९८-५१.८८
फाइनान्स५६४५२.४२१६९२४१.२४-६६.६४
लाइफ इन्स्योरेन्स५४३११.१५१११६०९.२-५१.३४
होटल तथा पर्यटन३८०७६.७७४३०२४.४३-११.५
निर्जीवन बीमा कम्पनी२८८६२.६७५३६१.३६-६१.७
म्युचुअल फण्ड४४९०.०१५४५७.२२-१७.७२
ट्रेडिङ३१०७.१६६३५१.२७-५१.०८
कुल कारोबार१६०१८७९.२९२१२४९१५.५४-२४.६१
स्रोत : नेपाल स्टक एक्सचेन्ज

गत वर्ष भदौ २३ गतेको जेनजी आन्दोलनका कारण सेयर बजार केही दिन बन्द भएको थियो। त्यतिखेर राजनीतिक अन्तिश्चयका कारण बजार ओरालो लागेकामा चैत दोस्रो साता नयाँ सरकार बनेपछि बियरिस भएको थियो। नेप्से सूचक घट्दा सेयर कारोबारमा गिरावट आएको हो।

साउन १ देखि भने बजार उकालो लागिरहेको छ।