एनआइसी एसिया बैंकका ग्राहकले रोयल टुलिप काठमाडौं होटलमा १५ प्रतिशत छुट पाउने



बिजमाण्डू
२०८३ असार ३० गते १७:१४ | Jul 14, 2026
एनआइसी एसिया बैंकका ग्राहकले रोयल टुलिप काठमाडौं होटलमा १५ प्रतिशत छुट पाउने


काठमाडौं। एनआइसी एसिया बैंकका ग्राहकले रोयल टुलिप काठमाडौं होटलमा १५ प्रतिशत छुट पाउने भएका छन्। बैंकले आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउन होटलसँग सम्झौता गरेको छ।

Tata
GBIME
Nepal Life

सम्झौतापत्रमा बैंकका तर्फबाट ट्रान्जेक्सन बैंकिङ प्रमुख नरेन्द्र मैनाली र रोयल टुलिप काठमाडौंका तर्फबाट सेल्स एण्ड मार्केटिङ निर्देशक कमल क्षत्रीले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार बैंकका ग्राहकले होटलमा खाद्य तथा पेय पदार्थ सेवा उपयोग गर्दा १५ प्रतिशत छुट पाउने छन्।