कर बुझाउने र विवरण दाखिलाको अन्तिम दिन ‘सबमिसन नम्बर’ लिएका करदातालाई जरिवाना नहुने

बिजमाण्डू
२०७८ भदौ २२ गते १६:४८ | Sep 7, 2021

काठमाडौं। कर बुझाउने र विवरण दाखिलाको अन्तिम दिनमा सबमिसन नम्बर लिएका करदातालाई जरिवाना छुट हुने भएको छ। साउन २५ गते कर र विवरण बुझाउँदा आन्तरिक राजस्व विभागको सर्भरमा समस्या देखिएपछि जरिवाना छुट गर्न लागिएको हो। 

Vigo
GBIME
Tata

विभागले सबमिसन नम्बर लिएका १५ हजार भन्दा बढी करदाता भेरिफाई गरेको छ। यी करदातालाई जरिवाना नगरिने विभागले जनाएको छ। विभागका एक अधिकारीले भने 'हामीले कर र विवरण बुझाउन प्रयास गर्ने करदातको सूची तयार गर्दैछौं। कर तिर्न प्रयास नगर्ने करदातालाई भने जरिवाना हुनेछ।'

सबमिसन नम्बर लिन भने सर्भरमा कुनै पनि समस्या नभएको ती अधिकारीले बताए। तर करदाताले भने विभागको गल्ती भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्।

यस विषयमा अदालतले जवाफसमेत मागिसकेको छ। विभागको सर्भर डाउन हुँदा हजारौं करदाता कर र विवरण पेश गर्न असफल भएका थिए। विभागले सर्भर अपडेट गर्न प्रयास गरिरहेको बताएको छ।