सर्वोच्च अदालतले पूर्वअर्थमन्त्री पौडेललाई छोड्न मानेन, बन्दीप्रत्यक्षीकरणको रिट नै खारेज



बिजमाण्डू
२०८३ असार १८ गते १८:०२ | Jul 2, 2026
सर्वोच्च अदालतले पूर्वअर्थमन्त्री पौडेललाई छोड्न मानेन, बन्दीप्रत्यक्षीकरणको रिट नै खारेज

काठमाडौं। पूर्व र्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएको छ।

Tata
GBIME
Nepal Life

सर्वोच्च अदालतका न्यायधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले रिट खारेज गर्ने निर्णय गरेको हो। अब पौडेलले हिरासतमा नै बसेर मुद्दा लड्नुपर्ने हुन्छ।

बिहिबार नै विशेष अदालतले पौडेललाई सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानका लागि हिरासतमा राख्न तेस्रो पटक ६ दिनको म्याद दिएको थियो।  

सम्पत्ति शुद्धीकरण लगायत विभिन्न कसुरमा पुर्पक्षका लागि थुनामा रहेका विवादास्पद व्यापारी दीपक भट्टसँग कारोबार देखिएपछि पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेर माइक्रोबसमा रातारात काठमाडौं ल्याइएको थियो।

पौडेललाई रिहा गर्न माग गर्दै उनकी पत्नीले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।