डिजलको मूल्य लिटरमा ३० रुपैयाँ तल आउँदा सार्वजनिक यातायातको भाडा जम्मा २% घटाइयो



बिजमाण्डू
२०८३ असार १८ गते १६:४३ | Jul 2, 2026
डिजलको मूल्य लिटरमा ३० रुपैयाँ तल आउँदा सार्वजनिक यातायातको भाडा जम्मा २% घटाइयो

काठमाडौं। यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा दुई प्रतिशतले घटाएको छ। विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बिहीबार २ प्रतिशत घटाउने निर्णय गरेको हो।

Tata
GBIME
Nepal Life

विभागको निर्णय अनुसार यात्रुवाहक सवारी साधन, पहाडी बाटोमा चल्ने मालवाहक सवारी र तराईको बाटोमा चल्ने मालवाहक सवारी साधन सबैमा भाडा घट्नेछ।

यसअघि गत वैशाख १२ गते यात्रुवाहक सवारी साधनमा ९.८, पहाडी बाटोमा चल्ने मालवाहक सवारी साधनमा १२.९ र तराईको बाटोमा चल्ने मालवाहक सवारी साधनमा १४.३ प्रतिशतले भाडा बढ्नुपर्नेमा ५ प्रतिशत मात्र बढाइएका कारण अहिले २ प्रतिशत मात्र घटाइएको विभागले जनाएको छ।

घटेको भाडादर बिहीबारदेखि नै लागू हुनेछ। नेपाल आयल निगमले मंगलबार अर्थात १६ गते राति डिजलको मूल्य प्रति लिटर ३० र पेट्रोलको मूल्य लिटरमा २० रुपैयाँ घटाएको थियो।