काठमाडौं। सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत रावललाई नियुक्त गरेको छ।
प्रधानमन्त्री कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हिक्मतलाई गोरखापत्र संस्थानको महाप्रबन्धक नियुक्त गर्ने निर्णय गरेको हो।
यस्तै सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक मोरङका देवराज ढुंगाना नियुक्त भएका छन्। मन्त्रिपरिषद्ले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ।











