डिजाइनदेखि सुरक्षासम्म परिमार्जित भएर आएको किया के३ सेल्टोसका यस्ता छन् फिचर



बिजमाण्डू
२०८३ जेठ ३१ गते १२:४५ | Jun 14, 2026
डिजाइनदेखि सुरक्षासम्म परिमार्जित भएर आएको किया के३ सेल्टोसका यस्ता छन् फिचर

काठमाडौं। किया नेपालले नयाँ पुस्ताको किया के३ सेल्टोससँगै पुरानो सेल्टोसलाई पनि बिक्रीमा राख्ने भएको छ। यसले बजेट, सुविधा र प्रविधिअनुसार उपयुक्त मोडल छनोट गर्न सहज बनाउने अपेक्षा गरिएको छ।

Tata
GBIME
Nepal Life

हालै नेपाली बजारमा सार्वजनिक गरिएको किया के३ सेल्टोस डिजाइनदेखि सुरक्षासम्म धेरै पक्षमा परिमार्जित भएर आएको छ। नयाँ प्लेटफर्ममा बनेको यो एसयूभी पहिलेभन्दा ठूलो, मजबुत र थप आरामदायी रहेको कम्पनीको दाबी छ।

कम्पनीका अनुसार फराकिलो क्याबिन र सहज ड्राइभिङ अनुभव यसको मुख्य आकर्षण हो।

भारतमा उत्पादन हुने यो मोडल विश्वका ९० भन्दा बढी देशमा निर्यात हुँदै आएको छ। त्यसैले नेपाली बजारमा पनि यसको आगमनलाई विशेष चासोका साथ हेरिएको छ।

नयाँ सेल्टोसमा आधुनिक प्रविधिको भरपूर प्रयोग गरिएको छ। यसमा लेभल-२ एडिएस, ६ एयरब्याग, २१ वटा सुरक्षा सुविधा, प्यानोरामिक डिस्प्ले र प्यानोरामिक सनरुफ जस्ता फिचर समावेश छन्।

सुरक्षामा पनि यसले बलियो उपस्थिति देखाएको छ। बीएनसीएपी परीक्षणमा ८१ मध्ये ७६.७ अंक प्राप्त गर्दै यसले फाइभ-स्टार सुरक्षा रेटिङ हासिल गरेको छ। यो उपलब्धि यसको प्रमुख विशेषतामध्ये एक मानिन्छ।

किया नेपालका कार्यकारी उपाध्यक्ष रेखा घिमिरेका अनुसार नयाँ सेल्टोसले प्रविधि, सुरक्षा र प्रिमियम डिजाइनको उत्कृष्ट संयोजन प्रस्तुत गर्छ। यसले नेपाली एसयूभी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने उनको विश्वास छ।

किया के३ सेल्टोस अहिले देशभरका आधिकारिक किया शोरुममा उपलब्ध छ। यसको एचटीके (ओ) भेरियन्टको मूल्य ६८ लाख ९० हजार रुपैयाँ, एचटीके (ओ) आइभीटीको ७५ लाख ९० हजार रुपैयाँ, एचटीएक्स (ए) आइभीटीको ८५ लाख ९० हजार रुपैयाँ र एक्स-लाइन (ए) ७डीसीटीको ९५ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ।