दीपक भट्टको घरमा छापा हान्दा के भेट्यो विभागले? पेनड्राइभमा सरकार ढाल्ने-बनाउने योजना



बिजमाण्डू
२०८३ जेठ २९ गते ११:५२ | Jun 12, 2026
दीपक भट्टको घरमा छापा हान्दा के भेट्यो विभागले? पेनड्राइभमा सरकार ढाल्ने-बनाउने योजना

काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जनताको ३ अर्ब ७३ करोड हडपेर व्यक्तिगत नाममा सेयर किनेको र विभिन्न व्यक्तिहरूलाई चेकमार्फत भुक्तानी गरेको प्रमाण फेला परेपछि विवादास्पद व्यवसायी दीपक भट्टको घरमा छापा मारेको थियो।

Tata
GBIME
Nepal Life

विभागले लामो अनुसन्धानपछि सरकारी वकिलको कार्यालय हुँदै विशेष अदालतमा दायर गरेको मुद्दामा छापा पार्दा फेला परेको कागजपत्र तथा सम्पत्तिका बारेमा उल्लेख गरेको छ।

विभाग स्रोतका अनुसार छापा मार्दा पेन ड्राइभ भेटिएको छ। त्यहाँ शिर्षस्त नेतादेखि, विभिन्न कालखण्डमा सरकार बनाउँदा र ढाल्दा भएका सहमतिको खेस्राका साथै कसलाई कुन ठाउँमा नियुक्ति दिनेसम्मका विवरण उल्लेख छन्।

के-के भेटियो?

१. दीपक भट्टको कार्यकक्षमा रहेको दराजको घर्राबाट नेपाली रुपैयाँ १००० दरका ३८० थानको हुन आएको रकम ३ लाख ८० हजार रुपैयाँ, ५०० को २८ थानको हुन आएको रकम १४ हजार रुपैयाँ र १०० दरको १०० थानको हुन आएको रकम १० हजार गरी ४ लाख ४ हजार र १० लाख ८९ हजार समेत गरी जम्मा १४ लाख ९३ हजार धरौटी खातामा जम्मा गरेको रसिद मिसिल संलग्न छ। (सम्पत्ति शुद्धीकरण विभागमा अनुसन्धान प्रयोजनका लागि रहेको)

२. ऐ. भवनको दक्षिण तर्फको कोठाबाट अमेरिकी डलर १०० दरको १० थान र थाई भाट १००० दरको ३० थान समेत बरामद भएको।

३. नीलो रङ्गको पेनड्राइभ ३ थान, सेतो रङ्गको २ थान र कालो रङ्गको २ थान गरी कुल पेनड्राइभ ७ थान बरामद भएको। ( सम्पत्ति शुद्धीकरण विभागमा अनुसन्धान प्रयोजनका लागि रहेको)

४. दीपक भट्टका नामको राहदानी थान २ बरामद गरिएको। (सम्पत्ति शुद्धीकरण विभागमा अनुसन्धान प्रयोजनका लागि रहेको)

५. एपल कम्पनीको आइप्याड थान – १ फेला पारी बरामद गरिएको। ( सम्पत्ति शुद्धीकरण विभागमा अनुसन्धान प्रयोजनका लागि रहेको)

६. मोबाइल सेट आइफोन थान – १, नोकिया कम्पनीको मोबाइल बन्द रहेको अवस्थाको थान-१ समेत, कभर बिनाको एपल कम्पनीको मोबाइल सेट – १ र नोकिया कम्पनीको मोबाइल थान-१ समेत कुल ४ – थान समेत बरामद भएको खानतलासी बरामदी मुचुल्का। (सम्पत्ति शुद्धीकरण विभागमा अनुसन्धान प्रयोजनका लागि रहेको)

७. थाई भाट १००० दरका २४ थान, ५०० दरका २ थान, १०० दरका ४ थान, ५० दरका १ थान, २० दरका ३ थान गरी जम्मा थाई भाट ३५, ५,१० र पाउण्ड स्टर्लिङ २० दरको १ थान।

८. ईन्फिनिटी होल्डिङबाट बरामद भएको बागमती प्रदेश ०१३३ च ०००१ नम्बरको सवारी साधन- १।