ऊर्जा खपतमा दाउराको प्रयोग घट्दै, विद्युतको खपत ८ महिनामै पोहोरभन्दा बढी



बिजमाण्डू
२०८३ जेठ १३ गते १५:४२ | May 27, 2026
ऊर्जा खपतमा दाउराको प्रयोग घट्दै, विद्युतको खपत ८ महिनामै पोहोरभन्दा बढी


काठमाडौं । विद्युत उत्पादन बढेसँगै कुल ऊर्जा खपतमा परम्परागत स्रोतको हिस्सा घट्दै गएको छ। सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार विशेषगरी दाउराको खपतमा कमी आएको देखिएको हो।

Tata
GBIME

चालु आर्थिक वर्षको फागुनसम्म परम्परागत, व्यापारिक र नवीकरणीय स्रोतबाट गरी ८ हजार २४ टीओइ बराबर ऊर्जा खपत भएको सर्वेक्षणमा उल्लेख छ।

गत आर्थिक वर्ष यस्तो खपत १२ हजार १९ टीओई बराबर ऊर्जा खपत भएको थियो।

चालु आर्थिक वर्षको फागुनसम्म कुल खपत ऊर्जामध्ये दाउरा ४८.९ प्रतिशत, पेट्रोलियम पदार्थ २१.८ प्रतिशत, विद्युत १२.१ प्रतिशत र अन्य १७.२ प्रतिशत रहेको छ।

गत आर्थिक वर्ष दाउराको खपत ५१.९ प्रतिशत थियो भने पेट्रोलियम पदार्थको अपत २२.२ प्रतिशत थियो।

विद्युतको खपत गत आर्थिक वर्ष ८.१ प्रतिशत थियो भने चालु आर्थिक वर्षको फागुनसम्म १२.१ प्रतिशत पुगिसकेको छ।