मर्स्याङ्दी अर्ध-जलाशययुक्त आयोजनाले दियो उत्पादन अनुमतिका लागि आवेदन

बिजमाण्डू
२०८२ फागुन १४ गते १३:४६ | Feb 26, 2026
मर्स्याङ्दी अर्ध-जलाशययुक्त आयोजनाले दियो उत्पादन अनुमतिका लागि आवेदन
सांकेतिक चित्र ।


काठमाडौं। मर्स्याङ्दी नदीमा एमए पावर प्रालिले निर्माण गर्ने ९० मेगावाटको मस्याङ्दी नदी अर्ध-जलाशययुक्त जलविद्युत् आयोजनाले विद्युत उत्पादनका लागि आवेदन दिएको छ।

GBIME
Tata

आयोजनाले पीपीए र वित्तीय व्यवस्थापनको काम गरिसकेको छ। आवेदन दिएसँगै विद्युत विकास विभागले बिहीबार सार्वजनिक सूचना निकाल्दै ३५ दिनभित्र आवेदनमाथि उजुरीका लागि आह्वान गरेको छ।

यो आयोजनामा कुमारी बैंकसँगै प्रभु बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, सानिमा बैंक, कर्मचारी सञ्चय कोष, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको १५ अर्ब १८ करोड ७५ लाख रुपैयाँ संयुक्त लगानीमा रहनेगरी ऋण सम्झौता भएको छ।

स्वपुँजी लगानीतर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दीपक बराल लगानीकर्ता हुनेछन्। साथै डोल्मा इम्प्याक्ट फण्डले पनि कम्पनीमा संस्थापक सेयरको ४९ प्रतिशतसम्म लगानी गर्नेछ।

आयोजनाको विद्युत प्राधिकरणसँग २०८० कात्तिक १ मा विद्युत खरिद बिक्री सम्झौता भएको थियो। व्यापारिक उत्पादन २०८६ वैशाख २२ गतेदेखि सुरु हुने जनाइएको छ।

यो आयोजना तनहुँको बन्दिपुर गाउँपालिका र भानु नगरपालिका र लमजुङको राइनास नगरपालिका र गोरखाको पालुङटार नगरपालिका अन्तर्गत मर्स्याङ्दी नदीको दायाँ किनार क्षेत्रमा रहनेछ।

आयोजनाले वार्षिकाबाट वार्षिक ५४८.९५ गिगावाटघण्टा विद्युत उत्पादन गर्नेछ। आयोजनाबाट उत्पादित विद्युत् विद्युत गृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा विद्युत प्राधिकरणको मार्किचोक सब–स्टेशनमा२२०/१३२ केभीमा जोडिनेछ।